तारकेश्वरको सरस्वती आधारभुत बिद्यालयको भवनमा ९ शैयाको क्वरेन्टीन निर्माण

नुवाकोटको तारकेश्वर गाउपालीकामा रहेको सरस्वती आधारभुत बिद्यालयको भवनमा ९ शैयाको क्वरेन्टीन स्थल निर्माण गरिएको छ ।

तारकेश्वर गाउपालीका वडा नं ४ बुधसिंङ नेवारपानीमा गाउपालीका अध्यक्ष रमेश बहादुर वस्ती, प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरे , स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यहरुको टोलीको सक्रियतामा क्वरेन्टीन निर्माण गरिएको अध्यक्ष वस्तीले जानकारी दिनु भयो ।
अहिले ९ वटा शैयाको क्वरेन्टीन निर्माण भए पनि आवश्यकता अनुसार अरु वडाहरुमा पनि आवश्यक सबै सामग्री तयारी गरि क्वरेन्टीन बनाइने तयारी सुरु भैसकेको अध्यक्ष वस्तीले बताउनु भयो ।
उक्त टोलीले बिहिबार नै पालीकाका जेष्ठ नागरिकहरुलाई मास्क समेत बितरण गरेको छ ।

उक्त टोलीले संक्रमित देशबाट आउनेहरुलाई आफु र आफ्नाको सुरक्षाको लागी सुरक्षीत बस्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्