११ चैत्र २०८१, मंगलवार
Logo

करणी पश्चात चोरी आरोप लागेका २ प्रहरी नियन्त्रणमा, ३ जनाको खोजी जारी

घरको झ्याल ढोका फुटाई ३७ बर्षकी माहाकाली नाम परिवर्तित लाई करणी गरि घरमा समेत लुटपाट गरेको आरोपमा नुवाकोट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा शिवपुरी गाउपालीका वडा नं ५ का २५ बर्षिय उमेश तामाङ, दुप्चेश्वर ५ का ३२ बर्षिय सानोकान्छा तामाङ रहेको नुवाकोट प्रहरीले जनाएको छ । अन्य तिन जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
घर भित्र सुतिरहेको अबस्थामा ३७ बर्षकी माहाकाली नाम परिवर्तित लाई झ्यालढोका फुटाई घरभित्र प्रबेश गरि हात खुट्टा बाधेर करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेकोे प्रहरीले बताएको छ। करणी पश्चात पिडितले लगाएको सुनको सिक्री औठी तथा घरमा रहेको नगद तथा जिन्सी समान चोरी गरेका थिए ।
उनीहरुले सोही दिन राम सिंह तामाङको घरमा चोरी गरि कुटपिट गरेर फरार रहेका थिए ।
पिडितको जाहेरीको आधारमा चैत्र ६ गते पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको नुवाकोट प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्