१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

तारकेश्वर गाउपालीकाले २१ चैत्र सम्म स्वास्थ्य सेवा मात्र प्रवाह गर्ने

नुवाकोटको तारकेश्वर गाउपालीकाले स्वास्थ्य सेवा भन्दा अरु सेवा प्रवाह नगर्ने निर्णय गरेको छ ।


आइतबार बसेको बैठकले गाउपालीकाबाट प्रवाह भैरहेको सबै सेवा चैत्र २१ सम्मका लागी स्थगित गरेको छ ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोनाको कारण अत्यावस्यक सेवा बाहेकका सम्पुर्ण सेवा २१ चैत्र सम्मका लागी नेपाल सरकारको निर्णय भए अनुरुप नै पालीकाले पनि स्वास्थ्य क्षेत्रको काम बाहेकका सबै काम स्थगित रहेको पालीकाका प्रमुख प्रशासकिय अधिकृत माधव घिमिरेले बताउनु भयो ।
पालीकाले चैत्र २१ सम्म अन्य सेवा बन्द रहे पनि स्वास्थ्यको क्षेत्रमा काम गर्ने पालीकाका अध्यक्ष रमेश वस्तीले बताउनु भएको छ । पालिकाले सबै जनशक्तिलाई २१ गते सम्म स्वास्थ्य क्षेत्रको काम लगाउने भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्