१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीकाको कोरोना बिरुद्ध उल्लेखनिय काम- “जिल्ला अस्पताल त्रिशुलीमा आइसियु बनाउछौ ” -अध्यक्ष वस्ती

तारकेश्वर गाउँपालिकाले कोरोना भाईरस संक्रमणप्रतिको सतर्कतालाई उच्च प्राथमिकतामा राख्दै त्रिशूली अस्पतालमा सघन उपचार कक्ष आईसियु निर्माण गर्ने घोषणा गरेको छ ।
शनिबार कोल्पुटारमा हेल्पडेस्क संचालनको क्रममा तारकेश्व गाउपालीकाका अध्यक्ष रमेश वस्तीले सो कुरा जानकारी गराउनु भएको हो ।


त्रिशुली अस्पतालले आकस्मिक सेवा प्रवाह गर्न आइसियुको समस्या रहेको बताए पछि यो संकटको क्षणमा सधन उपचार कक्ष स्थापना गर्ने निर्णय लिएको अध्यक्ष वस्तीको भनाई छ ।
कोरोना भाईरसबाट संक्रमित भएकाहरु मध्ये केहीलाई उपचारका लागि आईसियु अत्याबश्यक पर्ने भएपनि जिल्लामा उक्त सेवा उपलब्ध नभईरहेको सन्दर्भमा तारकेश्वर गाउँपालिका अध्यक्ष वस्तीले आईसियु निर्माणमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाउनु भएके छ । उहाले अरु पालीकाले पनि यसतर्फ गम्भीर भएर सोच्न आग्रह गर्नुभएको छ । अध्यक्ष वस्तीले सबै पालीकाले सहयोग गरेमा नुवाकोटको स्वास्थ्य क्षेत्रलाइ निकै ठुलो सहयोग पुग्ने बिश्वास समेत ब्यक्त गर्नु भयो ।


ज्यान रेहे बिकाश हुने ,जनता रहे मात्र बिकाशको आबश्यकता पर्ने हुदा बिकाश बजेटको कटौती गरेर आइसियु स्थापना गर्न लागेको अध्यक्ष वस्ती बताउनु हुन्छ ।
। त्रिशूली अस्पतालले कोरोना संक्रमितहरु मध्ये ५ प्रतिशतमा एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम देखिने भएको हुदा उपचारमा आईसियु अनिवार्य आवश्यक रहेको बताएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्