२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

कोरोना भाइरस बिरुद्ध सचेतना जगाउदै नुवाकोट जेसिस

बिश्वब्यापी माहामारीको रुपमा फैलदै गएको कोरोना रोकथाममा स्वास्थ्य संस्था, निजी तथा बिभिन्न सामाजिक संस्थाहरुले सक्रियता देखाउदै आइरहेका छन् ।


बिश्वब्यापी रुपमा तिब्र फैलदै गएको कोरोना नियन्त्रणको लागी नुवाकोटमा पनि बिभिन्न गतिबिधी संचालन भैरहेको छ । सोही क्रममा नुवाकोट जेसिसले बिभिन्न स्थानमा प्रचार प्रसारका पोष्टर टाँसेर तथा पर्चा बाड्ने कामको थालनी गरेको छ ।


नुवाकोट जेसिसको आयोजनामा जिल्लाको मुख्य बजार क्षेत्र देवीघाट, पिपलटार, गंगटे, बट्टारबजार, विदुर, ढु्ङ्गे, त्रिशूली, कोलनी बिभिन्न स्थानमा सुचना प्रदान गर्ने ब्यनर लगाइएको नुवाकोट जेसिसका अध्यक्ष श्रीकृण आचार्यले जानकारी दिनु भयो ।


कोरोनाको त्रास नियत्रन्ण हुने तथा सरसफाइले रोग नियन्त्रण गर्न मद्धत पुग्ने हुदा बच्ने उपायका बारेमा आफुहरुले जानकारीका लागी ब्यानर टागेको अध्यक्ष आचार्यले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्