१२ श्रावण २०८१, शनिबार
Logo

जिवीत देबी कुमारी पुजा २०७६ सम्पन्न

शनिबार नुवाकोटको भैरबी मन्दिर परिसरमा जिवीत देबी कुमारी पुजा २०७६ सम्पन्न भएको छ ।
७ वर्षीया दिनिशा डंगोललाई तेश्रो जिबित देबी कुमारीको रुपमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ,काठमाडौ माहानगरपालीकाका मेयर बिद्या सुन्दर शाक्य ,काठमाडौ माहानगरपालीकाका वडा अध्यक्षहरु , नुवाकोटका जनप्रतिनिधी तथा स्थानियहरुले पूजा गरेका छन् ।


नेपालमा कुमारी भन्ने बित्तिकै काठमाडौको बसन्तपुरमा रहेको जीवित कुमारीलाई बुझ्ने गरिन्छ । तर देशका बिभिन्न स्थानमा कुमारी पूजाको प्रचलन छ ।
नुवाकोटमा देवी भैरवीको जती महत्व छ जीवित देवी कुमारीे प्रती पनि आस्था बिश्वाश बराबरी रहेको छ ।


नुवाकोटमा पहिला देखी नै कुमारी पूजनको प्रचलन रहे पनि बिचमा कुमारी पुजा बिभिन्न कारणले गर्न नसकिएको बताइएको छ ।
नुवाकोट भैरवीको जिवीत शक्तिहरु मध्ये धामी, धमीनी,कुमारी ,गणेश कुमारलाई लिने गरेको पाइएको छ ।
नुवाकोट मण्डला दरबार क्षेत्रका जात्राहरूमा कुमारी नभई जात्रा संपन्न हुँदैन । २०७० सालदेखि हाल ७ वर्षीया दिनिशा डंगोललाई कुमारीका रूपमा पूजा गरिँदै आएको छ ।
बौद्ध धर्मावलम्बीहरूले कुमारीलाई बज्रदेवीको रूपमा पूजा गर्ने र हिन्दुहरूले भवानीको रूपमा पुज्ने गरेका छन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्