९ माघ २०८१, बुधबार
Logo

नेकपा बागमती प्रदेशका ३० विभागले पायो पूर्णता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको १६ फागुन २०७६ शुक्रबारका दिन बसेको चौथो पूर्ण बैठकले ३० विभागको विभागीय जिम्मेवारी तोकेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको बैठकमा विभागको पूर्णताबारे सचिव आनन्द पोखरेलद्वारा प्रस्तुत जिम्मेवारी विभाजन सर्वसम्मतबाट पारित भएको हो ।

चौथो बैठकमा प्रदेश अध्यक्ष  नारायण दाहालद्वारा प्रस्तुत राजनैतिक तथा भूगोलको कार्यविभाजन प्रतिवेदन, सचिव आनन्द पोखरेलद्वारा प्रस्तुत सांगठानिक तथा विभागको पूर्णता प्रतिवेदन, सह–इन्चार्ज हित बहादुर तामाङद्वारा विशेष परिपत्र र आचारसंहिता सम्बन्धी प्रतिवेदन, सह–ईन्चार्ज काशीनाथ अधिकारीद्वारा प्रस्तुत पार्टी सृदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानबारे प्रतिवेदन पारित गरी ईन्चार्ज अष्टलक्ष्मी शाक्यद्वारा अभियान र पार्टी गतिविधि बारे निर्देशन सहित बैठक समापन भएको थियो ।

परिवर्तन खबरबाट

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्