१२ श्रावण २०८१, शनिबार
Logo

लागु औषध एम्पुल सहित एक जना प्रहरी नियन्त्रणमा

लागु औषध एम्पुल सहित एक जनालाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बिदुर नगरपालीका वडा नं ९ कोलनी डिबजारका ३३ वर्षिय रबिनजंग गौतम रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
गौतमको घरमानै ठुलो परिमाणमा लागु औषध लुकाई राखेको अबस्थामा फेला पारेकको नुवाकोट प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटीएको प्रहरी टोलीले उनको शरिर तथा घरको खानतलासी गर्ने क्रममा एम्पुल नामक लागुऔषध भेटिएको बताइएको छ । उनलाई बिहिबार जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्