१२ श्रावण २०८१, शनिबार
Logo

पौडेल बंश माहासंघ नुवाकोटको अध्यक्षमा भोला पौडेल


विदुर- पौडेल बंश महासंघ नेपाल जिल्ला शाखा नुवाकोटको पहिलो भेला विदुरमा सम्पन्न भएको छ । भेलाले बेलकोटगढी नगरपालिका वडा नं. १० का भोलाराज पौडेलको अध्यक्षतामा जिल्ला शाखा विस्तार भएको छ ।


भेलाको उद्घाटन समारोहका प्रमुख आतिथि महासंघका उपाध्यक्ष तथा बागमति प्रदेश संयोजक दीपकप्रसाद पौडेकलले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलबन्धुलाई एक ठाउँमा ल्याई पौडेल बन्धुको तथ्यांक संकलन, बंशावली संकलन तथा प्रकाशनलगायतका कार्यमा जिल्ला कार्यसमितिले भूमिका खेल्ने धारणा राख्नुभयो । भेलाले उपाध्यक्षमा शिवपुरीका मधुसुदन पौडेल, सचिवमा विदुर नगरपालिकाका सीताराम पौडेल र कोषाध्यक्षमा सुर्यगगढीका प्रकाश पौडेललाई चयन गरेको छ । सदस्यहरुमा प्रमिला पौडेल, रामजी पौडेल, दिपेन्द्र पौडेल चयन भएका छन् । भूगोल र आवश्यकता अनुसार कार्यसमिति विस्तार गरी १५ सदस्यीय निर्माण गरिने समितिका सचिव सीताराम पौडेलले बताए । सल्लाहकार समितिको संयोजकमा विदुरका गोविन्द्र पौडेल तथा सदस्यहरुमा दुर्गानाथ पौडेल तथा सोमप्रसाद पौडेल चयन भएका छन् । आवश्यकता अनुसार सल्लाहकार समितिसमेत थप गर्दै लगिने बताइएको छ ।


भेलाले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलहरुको तथ्याङ्क संकलनका लागि आफ्नो भेगमा रहेका पौडेल समुदायको विवरण उपलब्ध गराउन सरोकारवाला सबैमा अनुरोधसमेत गरेको छ । जिल्ला कार्यसमितिले जिल्लाका १२ वटा पालिकामध्ये पौडेलहरुको बसोवास रहेको पालिकाहरुमा पालिकास्तरीय महासंघसमेत गठनको तयारी गरेको पौडेल बन्धु महासंघ नुवाकोटका अध्यक्ष भोलाराज पौडेलले बताए । नुवाकोट जिल्लामा दुई सय भन्दा धेरै परिवार पौडेल समुदायको बासोवास रहेको पौडेल बन्धु महासंघले जनाएको छ । नेपालमा ब्राम्हण समुदायमा सबै भन्दा धेरै जनसंख्या भएको थरमा पौडेल पहिलो नं.मा आउने महासंघले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्