१२ श्रावण २०८१, शनिबार
Logo

पर्यटन ब्याबसायी तथा पत्रकारहरुलाई दरवार परिसरमा भब्य स्वागत

रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा आइतबारसुरु भएको ५ दिने अध्ययन अवलोकन भ्रमण टोलीलाई नुवाकोटको दरवार परिसरमा सांस्कृतीक कार्यक्रम सिहत भब्य स्वागत गरिएको छ ।


नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको ५ दिने भ्रमण टोलीमा पर्यटन ब्याबसायी पत्रकार तथा सरोकावालाको सहभागिता रहेको छ ।
नुवाकोट तथा रसुवाका ग्रामिण क्षेत्रमा नया पर्यटकीय गन्तब्यको खोजीमा वडा प्रवेश गरेका पर्यटन ब्याबसायी तथा पत्रकारहरुलाई बिदुर नगरपालीका वडा नं २ को कार्यलयले दरवार परिसरमा भब्य स्वागत गरेको हो ।


सास्कृतिक सम्पदाको रुपमा रहेको नुवाकोट वासीले आफ्नो मौलिक संस्कृतीले ब्यावसायीहरुको स्वागत गरेका हुन् । स्वागतमा भ्रमण टोलीका सदस्यहरुलाई सुभेच्छा राख्दै नया गन्तब्यको पहिचान गरि पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने अपेक्षा वडा नं २ ले लिएको अध्यक्ष बिरेन्द्र शाहीले बताएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्