१२ श्रावण २०८१, शनिबार
Logo

फिकुरी ट्रेकिङ ट्रेलको ५ दिने अवलोकन भ्रमण आइतबारबाट सुरु

रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले ५ दिने अध्ययन अवलोकन भ्रमण गर्ने भएको छ ।

आइतबर नुवाकोटको साततले दरबार बाट सुरु हुने भ्रमणमा पर्यटन व्यवसायी, सरोकारवाला, पत्रकारहरुको सहभागीता रहने आयोजकले बताएको छ ।
पदयात्रा फागुन ११ गते सुरु भई १५ गते समापन गरिने भएको छ ।
आइतबार बाट सुरु हुने फिकुरी ट्रेल नुवाकोटको सूर्यगढीबाट सुरु भई भाल्चे, किस्पाङ, फिकुरी, रसुवाकोट ठूलोगाउं, घलेगढीमा पुगेर सम्पन्न हुने छ ।
नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा सूर्यगढी, किस्पाङ, उतरगया, कालिका गाउंपालिकाको समन्वय तथा टान र एनएमएको सहयोगमा कार्यक्रम आयोजना भएको हो ।
रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीका अनुसार नेपाल भ्रमण बर्ष सफल बनाउन तथा आन्तरीक पर्यटन प्रवद्र्धन गर्न यो भ्रमण महत्वपूर्ण साबित हुने बताए । । उनले पर्यटन व्यवसायी, पत्रकारहरुको सहभागितामा हुने भ्रमणले पर्यटकका लागि नयां गन्तव्य थप्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्