चालु आर्थिक बर्षमा भारतका कोठीहरुबाट ११ किशोरीहरुको उद्धार
शुक्रबार बिदुरमा शक्ति समुह र संचारकर्मीहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
संचार कर्मीहरु संगको अन्र्तकृयामा संयोजक दिलिप कोईरालाले पछिल्लो समय मानव बेच बिखनको स्वरुप फेरिएको बताउनु भयो ।
सामाजिक संजालको प्रयोगका कारण पनि कतिपय किशोरी तथा महिला बेचबिखनमा परेको बताउउदै उहाले अब सन्तान चलाउने सामाजिक संजालमा अबिभाबकले निगरानी गर्नु पर्ने बताउनु भयो । । उहाले चालु आर्थिक बर्षमा मात्र भारतका कोठीहरुबाट १४ देखी १८ बर्ष सम्मका ११ किशोरीहरुको उद्धार गरेको संयोजक कोईरालाले बताउनु भयो ।
शक्ति समूहका अनुसार ती किशोरीहरुलाई पशुलाई खुवाउने औषधि सेवन गराई शारीरिक बनावटमा विकास गरि देह व्यापारमा लगाएका स्वास्थ्य परीक्षणबाट थाहा भएको जनाएको छ ।
त्यस्तै कार्यक्रममा कार्यक्रम संयोजक सम्झना प्रसाईले दुप्चेश्वर गाउपालीकाका सबै वडाहरु र तादी गाउपालीकाको २ नम्बर वडा, पंचकन्याको ४ र शिवपुरीको १ मा शक्ति समुहले दासता र गरिबी विरुद्ध सामुदायिक नेतृत्व बिकाशका कार्यक्रम संचालन गर्ने जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्