२७ मंसिर २०८१, बिहीबार
Logo

सिपको सहि सदुपयोग गर्नेलाई बिदुर नगरपालीका हमेशा सहयोग गर्न तयार -प्रमुख पंडित

बिदुर नगरपालीका वडा नं १३ मा ७ दिने साबुन बनाउने तालीम मंगलबार समापन गरिएको छ ।
गरिब संग बिश्वेश्वर कार्यक्रम अन्र्तगतको परियोजनाले २७ जनालाई तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।
समापन कार्यक्रलाई सम्बोधन गर्नेक्रममा बदुर नगरपालीका का प्रमुख संंजु पंडितले सिपको सहि सदुपयोग गर्नेलाई बिदुर नगरपालीका हमेशा सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख गिता कुमारी दहालले सिपलाई ब्याबसायी करण गर्न र ब्याबहारमा उतार्न आबश्यक रहेको बताउनु भयो ।


माघ १५ देखी सुरु भएको तालीम बुधबार समापन गरिएको हो । समापन कार्यक्रममा बिदुरनगरपालीका वडा नं १३ का वडा सदस्यहरु पुरुसोत्तम अधिकारी , मान बहादुर खड्का, कल्पना बिक ,जिल्ला सहज कर्ता राज कुमार अर्याल, सामाजिक परिचालक सन्तोषी बोगटी, सुवास पाण्डे लगाएतको उपस्थीती रहेको थियो ।
कार्यक्रम बिदुर नगरपालीका वडा नं १३ का वडा अध्यक्ष दलबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्