१२ श्रावण २०८१, शनिबार
Logo

छैठौँ नुवाकोट महोत्सबको स्टल नं ३७ मा सम्पूर्ण बेतबासका सामाग्री पाइने

छैठौँ नुवाकोट महोत्सबमा अबलोकन कर्ताको रोजाई मा हस्तकलाका सामाग्री पर्ने गरेको छ ।
नुवाकोट महोत्सबको स्टल नं ३७ मा नुवाकोट बेत बांस हस्तकला बिक्री बितरण केन्द्र रहेको छ । नुवाकोट मै पहिलो पटक सम्पूर्ण बेतबासका सामाग्री पाइने पसल नुवाकोट महोत्सबको मुख्य आकर्षण बनेको छ ।


स्टल नं ३७ मा घर अफिस होटल, रिसोटहरुको लागी आबश्यक पर्ने आकर्षक र आधुनिक डिजाइनका सामानले अबलोकन कर्ता लोभिने गरेका छन् । महोत्सब अबधिभर बिषेश छुटमा बेतबासका सामान बिक्री गरिने प्रोपाइटर सुजन मग्राती र राम सुर्खेतीले जानकारी दिनु भयो ।

नुवाकोट महोत्सबको मंचमा नै नुवाकोट बेत बाँस हस्तकलाका सामाग्री राखिएको छ । स्थानीयलाई रोजगारी प्रदान गर्दै नुवाकोटमा नै पहिलो पटक नुवाकोट मै उत्पादितबस्तु प्रती नुवाकोटको आकर्षण बढेको पोपाइटर सुजन मग्रातीले बताउनु भएको छ । बेतबाँसका सामान चाहिएका९८४११२७२०३ र ९८४१८४२७७ मा सम्पर्क गर्न सक्नु हुने छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्