१२ श्रावण २०८१, शनिबार
Logo

“छैठौँँ नुवाकोट महोत्सव २०७६” को तयारी पूरा

“धार्मिक ऐतिहासिक कला सँस्कृतिको सम्बद्धन दिगो आर्थिक विकासको लागी व्यवसायिक प्रबद्धन” भन्ने मूल नाराको साथ बिहिबारबाट सुरु हुने “छैठौँँ नुवाकोट महोत्सव २०७६” को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोटले बुधबार पत्रकार सम्मेलन गरि महोत्सबको सबै तयारी पुरा भएको जनाएको हो ।
महोत्सब पुर्व राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भएको हो । उहाले नुवाकोट महोत्सब उद्योग बाणिज्य संघको मात्र नभई सम्पुर्ण नुवाकोट बासिको रहेको बताउनु भयो । महोत्सबमा नुवाकोटका ८ गाउपालीका तथा २ नगरपालीकामा उत्पादन भएका र पालिकाको पहिचान बोकेका बस्तुहरुको प्रर्दशनि हुने समेत उहाले जानकारी दिनु भएको छ । “छैठौँँ नुवाकोट महोत्सव २०७६” ले नेपाल भ्रमण बर्षलाई समेत टेवा पुग्ने अध्यक्ष कार्कीको भनाई रहेको थियो ।


आयोजकका अनुसार स्टल निर्माण, स्वागतद्धार निर्माण, बाल उद्यानको ब्याबस्थापन ,मंच ब्याबस्थापन लगाएतका सबै काम सम्पन्न भएको छ ।
महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको बिक्रि बितरण, बिभिन्न समुदायको मौलिकता झल्कने साँस्कृतिक झाकी प्रर्दशनि, हस्तकलाका सामाग्रीको प्रर्दशनी तथा बजारीकरण रहने आयोजकले दावी गरेको छ ।
महोत्सब अबधि भरी ६० बर्ष माथीका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको लागी प्रबेश शुल्क नलाग्ने भएको छ । महोत्सब माघ १६ गते देखी २६ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्