१३ असार २०७९, सोमबार
Logo
final gp koirala advert

लिखुगाउपालिको आयोजनामा पालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

लिखुगाउपालिको आयोजनामा पालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।
स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ क्षेत्रपाल माबि चौघडामा प्रतियोगिता संचालन भैरहेको छ ।
प्रतियोगितालाई सम्बोधन गर्नेक्रममा नेपाली कांग्रेसका सहमहामन्त्रि प्रकाशशरण महतले प्रतियोगिताको उद्घाटन गर्दै कम लगानिमा धेरै प्रतिफल आउने क्षेत्र खेलकुद रहेको बताउनु भयो । नेता महतले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने समेत बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य बाहादुर सिंह लामाले यस्ता प्रकृतीका प्रतियोगिता बाट देशको लागी योग्य खेलाडी उत्पादन हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाले बिद्यालय स्तर बाटनै खेलाडी लाई बाच्न सक्ने आधार बनाउन स्थानिय सरकार तथा सरोकारवाला निकाए लागी पर्नु पर्ने बताउनु भयो ।
प्रतियोगितामा लिखु गाउपालिका भित्रका ७ वटा बिद्यालयहरुको सहभागिता रहेको छ । ।
पालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रदेश सभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, लिखु गाउपालिकाका प्रसासकिय अधिकृत सुरज अर्याल लगाएतले आफ्नो धारणा राख्नु भएके थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्