१२ श्रावण २०८१, शनिबार
Logo

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गणेश माध्यामिक बिद्यालय पहिलो

सुयगढी गाउपालीकाको आयोजनमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले खेल स्वास्थ्यको लागी आबश्यक रहेको बताउनुभएको छ ।
उहाले सुर्यगढीलाई खेलकुदमा अगाडी बढाउन प्रत्येक बिद्यालयमा १÷१ जना खेलकुद प्रशिक्षक शिक्षक नियुक्ति गर्ने समेत जानकारी दिनु भएको छ


६ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा गणेश माध्यामिक बिद्यालयले पहिलो स्थान हासिल गरेको छ । ९ स्वर्ण, ९ रजत र ५ कास्य सहित गणेश माविले पहिलो स्थान हासिल गर्न सफल भएको छ भने कालिका माध्यामिक बिद्यालयले ६ स्वर्ण, ६ रजत र ७ कास्य सहित दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी, बागेश्वरी माध्यामिक विद्यालयले ६ स्वर्ण, ६ रजत र ३ कास्य सहित तेश्रो स्थान हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्