९ माघ २०७८, आईतबार
Logo
final gp koirala advert

अनेरास्ववियू नुवाकोटको संयोजकमा दाहाल,सहसंयोजकमा कोइराला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नुवाकोट संयोजकको जिम्मेवारी विष्णु दाहालले पाउनु भएको छ । भने सह संयोजकको जिम्मेवारी विनोद कोइरालालाई दिइएको छ ।


आईतबार बसेको अनेरास्ववियुको केन्द्रिय समितीको बैठकले अनेरास्ववियुको बिभिन्न जिल्लाकोलागि संयोजक र सहसंयोजकको टुङ्गो लगाएको हो ।

Shivapuri rural municipality awareness message jalapanews


दुई साता अघि अनेरास्ववियूले केन्द्रिय कमिटीको एकता प्रक्रिया टुिङ्गएको थियो ।
संयोजक र सहसंयोजकको चयनसँगै आगामी फागुनमा हुने स्ववियु चुनावको लागि नुवाकोटमा अनेरास्ववियुले तयारी तिव्र पार्ने जनाएको छ । साथै नुवाकोट आर्दश बहुमुखी क्याम्पस लगाएतका अन्य क्यापसहरुमा नेतृत्व आफ्नो पक्षमा रहने समेत अनेरास्ववियुले दावी गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्