१ आश्विन २०८१, मंगलवार
Logo

पंचकन्या तथा शिबपुरी गाउपालीकामा पर्ने धार्मिक स्थल त्रिबेणीधाममा माघ १६ देखी भागबत हुने

नुवाकोटको शिबपुरी ६ ,७ र पंचकन्या गाउपालीकको ५ मा पर्ने त्रिबेणी धाममा आगामी माघ १६ गतेबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७६ को आयोजना हुने भएको छ ।


आइतबार पत्रकार सम्मेलन गर्दै शिवपुरी गाउपालीकाका अध्यक्ष रामकृष्ण थापाले धार्मिक महत्व बोकेको त्रिबेणीधामको बिकाशको लागी भागबतको आयोजना गरेको बताउनु भयो । उहाले उक्त मन्दिर संरक्षणको लागी गाउपालीकाले ५ लाख रुपैया समेत बिनियोजन गरेको बताउनु भयो । त्रिबेणी धाममा समय समयमा धार्मीक मेला लाग्ने गरेको बताउनु भयो ।
उहाले कसैको मृत्यु हुदा मृत्यु संकारको लागी सहज बनाउने योजना रहेको बताउनु भयो । उहाले उक्त स्थानमा धार्मी सहिष्सुणतालाई कायम गर्न बुद्धको मुर्र्तीको स्थापना गर्ने , ध्यान केन्द्र निमार्ण गर्ने , धार्मिक पुस्तकालयको स्थापना गर्ने , जेष्ठ नागरिक आश्रम बनाउने लगाएतका योजना रहेको बताउनु भयो ।


त्यस्तै पत्रकार सम्मेलनमा नेकपाका नेता पदम उप्रेतीले त्रिबेणी धामको बिकाशकोलागी र शिबपुरी गाउपालीका तथा पंचकन्या गाउपालीकाको आर्थिक संबृद्धिको बाटो खोज्ने काम को सुरुवात भएको बताउनु भएको छ । आर्थिक संबृद्धिको लागी धार्मीक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले माहायज्ञको आयोजना गरेको उहाको भनाई छ । सामाजिक सद्भाब तथा धार्मिक सद्भावनाको हिसाबले पनि यो महायज्ञ उदाहरणीय साबित हुने बताउनु भयो ।
भागबत माघ १६ गतेबाट २४ गते सम्म चल्ने छ । भागवतमा कथा बाचन बिश्व बिख्यात कथाबाचक बाल ब्यास बिभूति श्री इश्वरकृष्ण महाराजबाट हुने आयोजकको भनाई छ ।
भागबतमा हिन्दु धर्ममा मात्र पाठपरायण तथा कथावाचन नभएर बौद्ध गुरु खेम्पो कमल भण्डारीबाट बाट पनि प्रबचन हुने आयोजकले बताएको छ । आयोजकका अनुसार माघ १५ गते मोटर साइकल र्याली , १६ गतमाघ ११ सय कलश यात्रा तथा ११ सय कन्यापुजन गरिने , प्रत्येक दिन तुलादान, प्रत्येक दिन पुजापाठ , हवन भजन किर्तन गरिने र माघ २४ गते तिल अपर्ण गरिने कार्यक्रम रहेको प्रचारप्रसार समितीका संयोजक तथा त्रिबेणीधाम सुधार समितीका उपाध्यक्ष राम चन्द्र पाठकले बताउनु भयो ।


लीला कुमारी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की ,पत्रकार माहासंघ नुवाकाटका अध्यक्ष कपिलदेब खनाल लगाएतले आफ्नो धारणा राख्नु भएको थिया

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्