१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा राष्ट्रिय जनगणनाको तयारी सुरु

नुवाकोटमा राष्ट्रिय जनगणनाको तयारी सुरु गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तयारीका जिल्ला स्तरीय अन्तरकृया कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जनगणनालाई बिश्वसनिय बनाउन सरोकारवाला निकाय सबै लागी पर्नु पर्ने बताए । उनले सबै सरोकारवालाहरुको समन्वयन र सहभागिता ब्यापक हुन सके मात्र तथ्य पुर्ण डाटा आउन ेबताए । उनले तथ्य पुर्ण नतिजाकालागी सबै पक्षको भुमिका बराबरी हुने हुदा सबै पक्ष सजग भएर लाग्नु पर्ने समय आएको बताए ।


अन्तरकृया कार्यक्रममा सहभागी सरोकार वाला निकायहरुले गणक राख्दा डाटा
इन्ट्री गर्न सक्ने , दक्ष ब्यक्ती छनौट , स्थानिय स्तरको ब्याक्तीलाई छनौट , लगाएतका बिषयमा ध्यान दिन सहभागिहरुको भनाई थियो ।
अन्तरकृया गोष्टीमा तथ्यांक अधिकृत नरेन्द्र राज भट्टले जनगणनाको इतिहास , तथा जनगणना २०७८ को बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

अन्तरकृयामा सरकारी सस्थाका प्रमुख , पालीकहरुका प्रमुख प्रशासकिय अधिकृत, संचारकर्मी तथा सरोकारवाला निकाएको सहभागिता रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्