१२ श्रावण २०८१, शनिबार
Logo

सारथी बचत तथा ऋण सहकारी संस्था मिनी बैकको रुपमा काम गर्दै – प्रमुख पंडित

सारथी बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षि साधारण सभा सनिबार सम्पन्न भएको छ ।


साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बिदुर नगरपालीकाका प्रमुख सन्जु पंडितले सारथी सहकारीले छोटो समयमा छिटो आर्थिक प्रगती हासिल गर्नु को पछाडी इमान्दार युवाको जागरीलो पनले सम्भब रहेको बताउनु भयो । प्रमुख पंडितले सहकारीले मिनी बैकको रुपमा बिदुर नगरपालीकामा काम गरि रहेको समेत बताउनु भयो । अबका दिनमा सहकारीले हाल गरेका गतीबिधीलाई निरन्तरता दिदै पर्यटन तथा कृषी क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्नु भयो । उहाले पछिल्लो समय नगरपालीकाले शिक्षा क्षेत्रलाई बिषेश प्राथमिकता दिएको बताउदै सहकारीले पनि आउदा दिनमा असाहाय जेहेन्दार तथा उत्कृठ बिद्यार्थीहरुको लागी छात्रबृद्धिको स्थापना गर्न समेत सहकारीलाई आग्रह गर्नु भयो ।


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख गिताकुमारी दाहालले नगरबासी भन्दापनि सहकारीहरुको साधारण सदस्य धेरै भएकोमा दुख ब्यक्त गर्नु भयो । उहाले पुरै नगरबालीका बासी भन्दा यहाका सहकारी संस्थाहरुको सदस्यता खरिद गर्ने ब्यक्तीको संख्या बढी बएको बताउदै यसरी आर्थिक उन्नती नहुने बताउनु भयो ।
उहाले सहकारीले अब बचत र ऋणमा मात्र सिमीत नभई कृषी ,उद्योग ,रोजगारीको क्षेत्रमा लाग्नु पर्ने बताउनु भयो ।

सहकारीका ब्याबस्थापक सुदिप श्रेष्ठले आगामी दिनमा सहकारीको कार्य क्षेत्र बिस्तार गर्ने , सहकारीले बहुउद्देशिय कामको थालनी गर्ने , आफ्ना सेवा ग्राहीहरुको लागी डेबिट कार्ड उपलब्ध गराउने लक्ष्य यो आर्थिक बर्ष भित्रमा पुरा गर्ने बताउनु भयो ।
कार्यक्रमका सभापति गोकर्ण रोक्काले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उहाले आठ नौ बर्ष अगाडी सुरु गरिएको अभियानले सहकारीको रुप लिएर यहा सम्म आइपुग्दा निकै गर्ब महसुस भएको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

साधारण सभा कार्यक्रममा लेखा समितीका संयोजक रबिन्द्र नेपालीले ६१२ जना सेयर सदस्य रहेको सहकारीको सेयर रकम १ करोड, ५४ लाख, ८२ हजार , ९ सय रहेको बताउनु भयो ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष राजकुमार नगरकोटीले सहकारीके पैगती बिबरण प्रस्तुत गर्नु भएको थियो ।

सहकारीले साधारणसभाको अवसरमा नेपाली साहित्यमा योगदान पुर्याएकोमा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठलाई “सारथी वाङगमय सम्मान(२०७६” बाट सम्मान गरेको छ । त्यस्तै सेयर सदस्यहरु निरोज खड्गी, सबिन श्रेष्ठ, शान्ती गुरुङ, चन्द्र लाल तामाङ र रबिन्द्र नेपालीलाई सहकारीले सम्मान गरेको छ ।


कार्यक्रमा ज्ञानकुन्ज मन्टेश्वरी विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्