१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

राष्ट्रिय दलित पत्रकार संघ नेपाल नुवाकोट रसुवाकोे प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रिय दलित पत्रकार संघ नेपाल नुवाकोट रसुवाकोे प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नम्बर ३ का सचिब बसन्त परियारले दलित पत्रकार संघले दलित पत्रकारहरुलाई एकताबद्ध गर्न संगठित गरेको बताउनु भयो ।
प्रथम भेलालाई सम्बोधन गर्ने क्रममा नपाल पत्रकार माहासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले पत्रकारले राजनितिक कुरा भन्दा पनि नागरिकका अभिब्यक्ती स्वतन्त्रताका कुरालाई ध्यान दिनु पर्ने बताउनु भएको छ । अध्यक्ष खनालले पत्रकारको बर्ग र जात नहुने भन्दै पिडित नागरिकका आवाज बुलन्द गर्ने काममा लाग्नु पर्ने बताउनु भयो । पेसागत पत्रकार संघ र पत्रकारमाहासंघ सगै सहकार्य गरेर काम गर्ने समेत अध्यक्ष खनालले प्रतिबद्धता जनाउनु भयो । साथै दलित पत्रकार संघ नुवाकोटलाई क्षमता बिकाशका तालिम लगाएतका क्षेत्रमा सहयोग गर्ने पत्रकार माहासंघ नुवाकोट शाखाले जनाएको छ ।
कार्यक्रममा पत्रकार माहासंघ नुवाकोटका संस्थापक सदस्य शिब देबकोटा, पत्रकार महासंघका केन्द्रिय पार्षद धुर्बकुमार रावल, पत्रकारमाहा संघ नुवाकोट शाखाका उपाध्यक्ष रुपा अर्याल, दलित संघ नुवाकोटका अध्यक्ष भोजबहादुर नेपाली, आदिवासी जनजाती माहासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटका सचिब गमला लामा लगाएतले मन्तब्य राख्नु भएको थियो ।
पत्रकार माहासंघ नुवाकोट शाखाका उपाध्यक्ष रुपा अर्यालको अध्यक्षतामा गठित ३ सदसिय निर्वाचन मंडलले नौ सदसिय कार्य समितीको चयन गरेको छ । जसको अध्यक्षमा संगम दर्जि ,उपाध्यक्षमा गोपाल मिजार , सचिवमा राज कुमार नेपाली, सह सचिवमा झर्ना नेपाली, कोषाध्यक्षमा कमला मगराती,सदस्यहरुमा प्रमिला सुनार, पार्वती बिक, बिन्दा मिजार, मनिष परियार सर्वसम्मत रुपमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्