१२ श्रावण २०८१, शनिबार
Logo

पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट सम्मको यात्रामा निस्केको टोली नुवाकोटमा

मेचीदेखि महाकालीसम्म प्रदेश–१ मा घुम्न आउने निम्तो दिंदै ११ जना युवा मध्यपहाडी लोकमार्गमा हुदै सोमबार नुवाकोट आइपुगेको टोली धादिङ हुदै गोरखा पुगेको छ ।
भ्रमण टोलीका सदस्यहरुलाई नुवाकोटका बिभिन्न स्थानिय तहले समेत स्वागत गरेको छ । सोमबार बिदुरमा एक कार्यक्रको आयोजना गरेर टोलीको भब्य स्वागत गरेको छ ।
स्वागत कार्यक्रलाई सम्बोधन गर्दै जिल्ला समन्वयन समितीका प्रमुख सन्तमान तामाङले नुवाकोट जिल्लाका सांस्कृतिक धार्मीक ,ऐतीकाकि तथा प्राकृतीक रुपमा रहेको पर्यटकीय गन्तब्यको बारेमा जानकारी दिनु भयो । तामाङले नेपाल भ्रमण बर्षको लागी आन्तरिक पर्यटन निकै महत्व पुर्ण रहने बताउनु भयो । नुवाकोटको जिप लाईन ,ट्राउट माछा पालन ब्याबसाय , दुप्चेश्वर गाउपालीकाको दुप्चेश्वर माहादेबको मन्दिर , पुटुङ्साङ लगाएतका स्थान निकै महत्व पुर्ण रहेको बताउनु भयो ।


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बिदुर नगरपालीकाका प्रमुख सन्जु पंडितले नुवाकोट धार्मीक तथा भौगोलिक मनोरमा रम्ने पर्यटकलाई निकै उपयुक्त रहको बताउनु भयो । प्रमुख पंडितले नुवाकोट ऐतिहाकि जिल्ला समेत रहेको बताउनु भयो ।
पर्यटकीय रुपमा चिवाभञ्याङबाट सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रचारमा निस्केका टोलीको यात्रा पश्चिमको झुलाघाटमा पुगेर बिश्राम लिने छ ।
६ वटा मोटरसाइकलमा ११ जनाको टोलीले आफ्नो प्रदेशको प्रचार प्रसार सगै बाकी प्रदेशहरुमा रहेको पर्यटकिय स्थानहरुको प्रचार प्रसार गरेको छ ।


‘नेपाल–यात्रा’ नाम दिएको यो यात्राको भ्रमण वर्ष २०२० को प्रचार गर्ने, एक नम्बर प्रदेश घुम्न निम्तो दिने अन्य जिल्ला तथा प्रदेशको पर्यटकिय स्थानको पहिचान तथा प्रचार गर्ने लक्ष्य रहको आयोजकले बताएको छ ।
नेपाल–भारतको सिमानामा पर्ने पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरव पुष्पलाल (मध्यपहाडी) लोकमार्गको मोटरसाइकल यात्राका लागि पाँचथरका ११ जना युवाहरूको टोलीमा राजनीतिकर्मी, पत्रकार, व्यवसायी, कर्मचारी सहभागी छन् । दैनिक १ सय ५० किलोमिटर यात्रा गर्ने लक्ष्य लिएको टोलीले १५ दिनमा करिब १ हजार ८ सय किलोमिटर पार गरि चिवाभञ्याङदेखि बैतडीको झुलाघाट सम्मको यात्रा पूरा गर्ने छ ।
नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्ती छोएर झुलाघाट पुगिन्छ । मध्यपहाडी लोकमार्ग निर्माण अवस्थाको अध्ययन गर्ने, अन्य प्रदेशमा एक नम्बर प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्यको जानकारी गराउने, प्रचार सामग्री बाँड्ने, डकुमेन्ट्री निर्माण तथा पुस्तकसमेत प्रकाशन गर्ने लक्ष्य रहेकोसहभागीहरुको भनाई छ ।
यात्राका सहभागीहरूमा हर्क नेम्बाङ, गिरिराज बाँस्कोटा, सुमन लामा, दीपक दुलाल, धनकुमार लावती, दीपक बोहोरा, पविन माखिम, रूपेन्द्र तामाङ, जलकुमार तामाङ, तुलाराम रिमाल र छवि चापागाईं हुनु हुन्छ ।
भ्रमण टोलीको स्वागतको लागी नुवाकोट उद्योग बाणिज्य संघ नुवाकोटका पदाधीकारीहरु ,तादी गाउपालीकाका अध्यक्ष नारायण प्रसाद पाण्डे , पत्रकार माहासंघ नुवाकोटका संस्थापक सदस्य शिब देबकोटा, पत्रकार बिष्णु अधिकारी, उमेश खनाल, गमला लामा, रोशन बोगटी , सालिकराम चालिसे लगाएतको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्