२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

माघीको रौनक , नुवाकोटको बिशेषता, तारुकाको गोरु जात्रा

बिष्णु अधिकारी –

थारु र मगरको बिशेष चाड हो माघी त्याही माघीमा नुवाकोटमा गोरुजात्रा लाग्छ । माघ १ गते नुवाकोटको तारुकामा गोरुले रमिता देखाउ छ भने नुवाकोट रसुवा धादिङ काठमाडौ सिंधुपाल्चोक काभ्रेपलांचोक भनौ नेपाल भरीका थापाए र सुने सम्मका मानिसहरुलाई रमिता हेर्न आउन मन लाग्छ ।नुवाकोटको तारकेश्वर गाउपालीकाको तारुकामा ।


नेपालीको घर घरमा माघेसंक्रान्तिका दिनमा अनेक खाद्यपदार्थ उसिनेका तरुल, पोलेका पिंडालु , घ्यु चाकु, तिलौरा,फुल्यौरा ,सेल रोटी, मासकोे खिचडी साथमा परम्परा अनुसारको सगुन । यो बिचमा तारुकाको चंदनीमा भने थप रमिताका साथ गोरु जुधाईन्छ ।


भान्सामा परम्परागत अनेक परिकार पकाएर खाने परम्परा सगै नुवाकोटमा ऐतिहासिक रुपमा नै गोरु जुधाउने परम्परा छ । नुवाकोट तारकेश्वर गाउपालीकाको गोरु जुधाईको इतिहांस नियाल्ने हो भने फरक फरक धारणा पाइन्छ ।

Shivapuri rural municipality awareness message jalapanews


नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा एक सय ३० वर्षअघिदेखि प्रत्येक माघे संक्रान्तिमा गोरु जुधाउने प्रचलन छ ।
जयपृथ्वीबहादुर सिंह बझाङका ५६औँ राजा दस बर्षको हुँदा काठमाडौँको जाडो छल्न आमासँगै मामा घर तारुका आएका थिए । उनको सात पुस्ता सम्मले बसी खाने घरमावली तारुकामा ,उनी तारुकाका ‘झोलीको देउता’त्यसमाथी पनि बझांगी राजा बिक्रमबहादुर सिंहको छोरा उनको मनोंजनको लागी माघेसंक्रान्तिका दिन गोरु जुधाए को भन्ने स्थानिको भनाई छ । साथै नेपाली कांगे्रशको राजनितीक इतिहाश तथा काँग्रेसका नेता महामन्त्री गिरिजाप्रसाद कोइराला को राजनितीक चतुराई संग समेत जोडेर हेर्ने गरको इतिहास पनि जिबितै छ ।


त्यस बेला देखी तारकेश्वर गाउपालीका वडा नं ३ मा निरंतर प्रत्येक माघे संक्रान्तिमा गोरु जुधाउने संस्कार बसेको छ ।
तार्केश्वर गाउपालीकाका अध्यक्ष रमेश बहादुर वस्तीका अनुसार तारकेश्वरमा गोरु जुधााइको संकारलाई जीवन्त राख्न २०६२ साल देखि स्थानीय युवाको पहलमा मेला र पर्वकै रुपमा मनाउन थालिएको हो ।


तारुकामा माघीको दिनमा जुधाउने गोरुहरु ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको हुन्छ । पछिल्लो बर्षहरुमा गोरु धनिहरुलाई नगद पुरस्कार को ब्याबस्था समेत गरिदै आइएको छ ।


दर्शक गोरुको लडाइमात्रमा रमाइ रहेका हुदैनन् , गारु मालीकहरुको अनुहारले समेत दर्शकलाई लालाहित तुल्याउ छ । मैदानमा बुंग धुलो उडाएर जुधिरहेका गोरु धनीका अनुहार त झन् छिनछिनमै हाँस्ने र रुने गरिरहेको हुन्छ । हुन पनि किन नहोस बर्ष भरी लागाएर गोरुको रेखदेख र छोरा छोरीलाई जस्तै माया गरेर सिपाहीको रुपमा मैदानमा तयार गरेर ल्याएका हुन्छन् ।
नेपाल भ्रमण बर्षलाई समेत टेवा पुग्ने लक्ष्य गाउपालीकाले राखेको छ । मोटरबाटाको सुबिधा,बाइक तथा सवारी पार्किङको सुबिधा, खाना खाजाकोलागी होटलको राम्रो ब्याबस्था रहेको र आबश्यकता अनुरुप सेवा थप गरीने आयोजक समितीका सचिव केशब रिमालले बताउनु भयो । उहाको अनुसार बोटोमा धुलो उड्न नदिन पानी हाल्ने ,सार्वजनीक यातायातको साधनको ब्याबस्थ गर्ने बताउनु भयो । साथै बासको लागी होम स्टे समेत रहको जालपा न्युजलाई जानकारी दिनु भयो ।


बाह्य अबलोकन कर्ताहरु पनि सहजै रुपमा तारुकाको चंदनीमा आउन सक्छन् ।जसको लागी काठमाडौँबाट ५० किलोमिटर पश्चिम र पोखराबाट एक सय ५० किलोमिटर पूर्वमा गल्छी पर्दछ ।
गल्छीबाट कोल्पुटार हुदै त्रिशुली नदीको तिरैतिर तारुकाघाट आइपुगिन्छ ,भने तारुकाघाटमा त्रिशुली पारीपट्टी तारकेश्वरको मन्दिर छ, त्यही मन्दीरको हुदै करिब ७ किलोमिटरको दुरी पार गरेपछि चंदनी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्