५ चैत्र २०८१, बुधबार
Logo

छैटौँ नुवाकोट महोत्सव माघ १६ देखि

नुवाकोटमा आगामी माग महिनामा नुवाकोट महोत्सब हुने भएको छ । धार्मिक ऐतिहासिक कला संस्कृतिको प्रवर्द्रधन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्रधन’ भन्ने मुल नारा सहित छैटौँ नुवाकोट महोत्सव हुने भएको छ ।
नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा माघ १६ गते देखी माघ २६ गते सम्म महोत्सब हुने भएको सघंले जनाएको हो ।


नेपाल भ्रमण बर्ष २०२० लाई केन्द्रित गर्दै महोत्सबको आयोजना गरेको नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ । बिगतका बर्षहरुमा नुवाकोट उद्योग बाणिज्य संघ नुवाकोटलाई महोत्सब बेचेको, आर्थिक अनियमितता गरेको , अबलोकन कर्ताले पानी समेत खान चर्को रकम तिर्न परेको, बाह्य बस्तु मात्र बिक्री बितरण गरेको , स्थानिय स्तरका उत्पादनलाई प्रवद्र्धन नगरेको , बाल उद्यान तथा मनोरंजनका साधनले मात्र रकम असुली गरेको , समयमा नै आर्थिक आय ब्यय प्रस्तुत नगरेको जस्ता आरोप लागेको नुवाकोट उद्योग बाणिज्य सघंले यो पटक भने नया तरिकाले महोत्सब गर्ने बताएको छ ।


नुवाकोट उद्योग बाणिज्य संघका प्रबक्ता सबिन राज भंडारीले बुधबार पत्रकार सम्मेलन गर्दै नुवाकोट जिल्लाको पर्यटकिय सम्भावनालाई उजागर गर्दै ती संभावनाहरुलाई सार्थकतामा परिणत गर्ने तथा जिल्लालाई पर्यटकीय स्थलको रुपमा बिकाश गर्न महोत्सबले योगदान दिने बताउनु भयो । छैठौ नुवाकोट महोत्सबले जिल्लाको धर्म संस्कृती , जनजातीका भेष भुसा, रितीरिवाज पम्परा लगाएतका नुवाकोटका चिनारीहरुलाई प्रबद्र्धन गर्ने कृषी उद्योग ,आर्थिक , शैशिक, ब्यापार ब्याबसाय ,पर्यटनको प्रबद्र्धन गर्ने समेत जनाएको छ ।
नुवाकोट महोत्त्सब २०७६ सम्पन्न गर्नको लागी संघल ५१ सदस्यीय मुल समारोह समिती गठन गरेको छ । भने बिभिन्न उप समिती समेत गठन गरेको बताएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्