तिम्रा सन्तानलाई शुभकामना कसरी भनुं??
देवी काफ्ले,
तिमि रूंदा यो छाती चिरीन्छ
तिमीलाई दुख्दा मन बेसरी पिरीन्छ
तिम्रो खुट्टामा ठेस लाग्दा आमा
तिम्रा सन्तानलाई दुख्नु पर्ने हैन र आमा।
तिमीले सहेको प्रसव पिडा
बलभद्र जन्माउन थियो
तिम्रो छातीबाट बगेको दशधारा दुध
अमरसिंहलाई पिलाउन थियो।
तिम्रो कान्लाको घांस छिमेकीले काट्दा
तिम्रा धने र बिरे लडांई गर्न जान्थे
तिम्रो पंधेरोको पानी मनपरी कुल्याउंदा
छवि र मनु मुहान थुनीदिन जान्थे।
छिमेकीले खेतको आली ताछ्दा
कुटो,कोदालोले आक्रमण गर्ने सन्तान
आज तिम्रो शरीरको चोक्टा लुछ्दा
रमिता हेरेर पत्थर बनेका छन्।
तिम्रो बिशाल शरीरमा नांगो नांच
नाचिरहेको छिमेकीसंगै अट्टहास
लगाउंदै
अमरसिंह बलभद्रलाई जन्माएकोमा
सायद तिमीलाई धिक्कार्दै छन्।
हिजो अंग्रेजसंग ढुंगामुढाले लडेका
तिम्रा बिर सपुतका सन्तान
आज हेरत छिमेकिसंगै बसेर
तिम्रै लाम्टा लुछिरहेका छन्।
छैन कत्ति चिन्ता छैन आमा
तिम्लाई काटेपनि तिम्लाई लुछेपनि
यहां त अब स्वार्थ मौलायो
यहां त अब देशको माया हरायो।
रोएका ति तिम्रा सपुतको आत्मालाई
शान्तीको कामना कसरी गरू
तिम्रो छातीमाथि शत्रु ढलीमली गर्ने
तिम्रा सन्तानलाई शुभकामना कसरी भनुं??
प्रतिक्रिया दिनुहोस्