४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

तारकेश्वर गाउपालीकाको उदाहरणीय काम, पालीकाको कार्यलय वडामा नै पुगेर आयोजना सम्झौता गर्दै ,स्थानिय हर्षित

तारकेश्वर गाउपालीकाले सम्बृद्ध तारकेश्वरकोलागी बिकाश शिविर वडा स्तरीय आयोजना सम्झौता कार्यक्रम सुरु भएको छ ।
तारकेश्वर गाउपालीकाले नुवाकोट मै पहिलो पटक वडा कार्यलयमा गाउपालीकाको कार्यलय नै पुगेर सेवा दिन सुरु गरेको हो ।
वडामा परेका आयोजनाहरु वडामा नै पुगेर सम्झौता गरेर जनताको बिश्वास जित्ने काम गरिरहेको छ । गाउपालीका भौगोलीक रुपमा बिकट मानिन्छ । पालीकाका वडाहरुबाट गाउपालीकाको कार्यलयमा पैदल पुग्न करिब ५ घण्टा लाग्छ । सार्वजनिक यातायातको साधन भनेको समयमा लाग्दैन । बाइक भाडामा लिएर जादा २५ सय भन्दा बढी भाडा लाग्ने गरको वडाबासीहरुको भनाई छ । उपभेक्ता समितीमा रहेका महिलालाई त झन् सजिलो भएको छ । गाउबाट पालीका पुग्न करिब ४÷५ घण्टा लाग्ने घर छाडेर निस्कन नपाउने तथा साना नानी बाबुको स्कुल छुट्ने , नानीबाबुको रेखदेखमा कठिनाइ जस्ता समस्याको सामाधान भएको भन्दै उपभोक्ता समितीका महिला पदाधिकारीहरुले खुसी ब्यक्त गरेका छन् । त्यस्तै बिभिन्न उपभोक्ता समितीका पदाधिकारीले भाडाको रकमको र समयको बचत तथा सबै कर्मचारी नभेटीदा दुख मात्र हुने समस्यालाई पालीकाले समाधान गरिदिएकोमा स्थानिय सरकार घरघरमा आएको अनुभुती भएको बताएका छन् । गत बर्षको योजना सम्झौता गर्दाको दुख र आर्थिक अभाब बाटोको समस्या यो बर्ष पालीकाले सहजिकरण गरेकोमा गाउमा सिंह दरबार आए झै लागेको एक उपभोक्ता समितीका अध्यक्ष खिलानाथ अधिकारीले बताउनु भयो ।

    वडा स्तरिय आयोजना  कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा गाउपालीकाका अध्यक्ष रमेश बहादुर वस्तीले जनतालाई कसरी सहज हुन्छ भनेर सहज हुने तरीकामा योजना सम्झौता गरिएको बताउनु भयो । भौगोलीक अबस्थालाई  मध्यनजर गर्दै जनताको सहजताको लागी  गाउगाउमा सिंह दरबारको अनुभुती गराउन आफुहरुले आयोजनाहरुको वडामा सम्झौता गर्ने कार्यक्रम गरेको बताउनु भयो । आफुले काम गर्ने शिलसिलामा अन्जानमा भएका कमी कमजोरीमा सुधार गर्दै जनाताको  सेबकको रुपमा काम गर्ने बताउनु भयो ।  जनताले आफुलाई शासन गर्न नभई सेवा गर्न पठाएको भन्दै पालीकाको सेवामा निरन्ततर लाग्ने बताउनु भयो ।

अध्यक्ष वस्तीले आफनो ठाउमा बिकाश सुरुवात आफैले गरेमा संबृद्धी आउने बताउनु भयो । भ्रष्टाचार र अनियमीततालाई निर्मुल पार्दै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो। उहाले पालीकाको बिकाशको लागी सबै मिलेर लाग्नु पर्ने धारणा समेत राख्नु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा तारकेश्वर गाउपालका वडा नं २ का वडा अध्यक्ष संम्मर बहादुर आले मगरले गत बर्षहरुमा पालीकाको कार्यलयमा पुग्दा धेरै उपभोक्ता समितीहरुले दुख पाएको हुदा यो बर्ष उपभोक्ता समितीको समस्यालाई ध्यानमा राखेर वडामा नै योजना सम्झौता गरेको बताउनु भयो । एक पटकमा नै काम नमिल्दा पटक पटक दुख पाउने परिपाटीको अत्यको लागी वडा स्तरिय आयोजना सम्झौता गरेको बताउनु भयो । वडाको योजना सबै तारकेश्वरवासीको योजना भएकाले आफ्नै सम्झेर सम्पन्न गर्न सहयोग गर्न सबै वडा बासीहरुमा अनुरोध गर्नु भएको छ ।


त्यस्तै तारकेश्वर गाउपालीकाको प्रमुख प्रशासकीय अधिकृत माधव घिमीरे आयोजनाको अनुगमन तथा निरिक्षण वडा स्तरिय अनुगमन समितीले कामको अनुगमन गर्ने, वडा स्तरले तयार पारेको प्रतिबेदनमा पालीका स्तरिय अनुगमन समितीका अध्यक्ष पालीकाको उपाध्यक्ष लगाएतको टोलीले अनुगमन गरी काम सम्पन्न भए पछि अध्यक्ष सम्म प्रतिबेदन आए पछि प्रमुख प्रशासकिएले भुक्तानी दिने निती रहेको हुदा काम गुणस्तरीय रहने बिश्वास ब्यक्त गर्नु भयो ।
बिकाश शिविरमा योजना अधिकृत उद्धब सापकोटा, आइटी अफिसर कृष्ण तामाङ , लेखा अधिकृत बिष्णु बजगाई, प्राबिधीक सागर अधिकारी, ओभरसियर सिताराम अर्याल, उपभोक्ता समितीका पदाधीकारीहरु ,सारोकारवाला निकाय तथा स्थानीयहरुको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्