२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

त्रिशुली नदी तर्ने क्रममा एक बालकको नदीमा डुबेर मृत्यु

नेपाल विद्युत प्राधिकरणको बाँधमा त्रिशुली नदी तर्ने क्रममा एक बालकको नदीमा डुबेर मृत्यु भएको छ ।
मृत्य हुनेमा विदुर नगरपालिका–७ का १४ बर्षीय शङ्कर तामाङ रहेको प्रहरीले जनाएको छ ।
शङ्कर र अन्य दुई साथी भ्रमणमा निस्किएका थिए । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो ।

नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत तामाङको शव नेपाली सेनाको नुवाकोट स्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ ।

मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्