१२ श्रावण २०८१, शनिबार
Logo

प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस),आपसमा शुभकामना आदान प्रदान तथा शुसी साटासाट गरेर मनाए

क्रिस्चियन धर्मालम्बीहरुको माहान पर्व बुधबार प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले ख्रीस्टमस दिवस मनाएका छन् ।
नुवाकोटमा १२५ वटा भन्दा बढी चर्जहरु रहेका छन् भने नुवाकाटमा बिष हजार भन्दा बढी क्रिस्चीयन धर्मालम्बीहरु रहेका छन् । नुवाकोट भरीका सबै क्रिस्चीयनहरुले बुधबार एक आपसमा शुभकामना आदान प्रदान तथा शुसी साटासाट गरेर मनाएका छन् ।

ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउदै आएका छन् । २०१९ वर्षअघि इजरायलको वेथलेहीममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरेर मनाएका छन् ।
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ। साथै ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइएको छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्।
येस्तै नुवाकोटको म्यागाङ गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै इसाई धर्मालम्बीको चाड रहेका कारण कार्यपालिका बैठकले क्रिसमसका दिन बिदा दिने निर्णय गरेको उल्लेख गरिएको छ ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरू बिदा रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्