१२ श्रावण २०८१, शनिबार
Logo

प्रम ओलीको सपना साकार, नारायणीमा मिनी पानी जाहाज


चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ ।
नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो । भरतपुर महानगरपालिका १६ को ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएकोे छ ।

क्रुज बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गएको वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्