मिनिट्रक दुर्घटना हुँदा २ जना मजदुरको मृत्यु, ६ जना घाइते

विदुर नगरपालिका ६ को मूलथलामा आइतबार बिहान मिनिट्रक दुर्घटना हुँदा सडक निर्माणमा संलग्न २ जना मजदुरको मृत्यु भएको छ ।
सडकमा काम गर्ने मजदुर बोकेर निर्माण स्थलतिर जाँदै गरेको बा २ ख ७९१० नम्बरको मिनिट्रक सडकदेखि १०० मिटर तल खसेको हो ।
दुर्घटनामा सडक निर्माणमा खटिएका खोटाङका १९ वर्षीय अनिल तामाङ र रसुवा नौकुण्ड गाउँपालिका ३ का १८ वर्षीय सुदीप तामाङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।।
दुर्घटनामा घाइते भएका अन्य ६ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्