१२ श्रावण २०८१, शनिबार
Logo

प्रदेश नं ३ का पर्यटकीय गन्तव्य क्षेत्रको खोजी गरिरहेका पत्रकारको प्रतिनिधिमण्डल सनिबार नुवाकोटमा

प्रदेश नं ३ का पर्यटकीय गन्तव्य क्षेत्रको खोजी गरिरहेका पत्रकारको प्रतिनिधिमण्डलले सनिबार नुवाकोट र रसुवाको भ्रमण गरेको छ ।
प्रदेश नं ३ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेशअन्तर्गतका विभिन्न हिमाली तथा पहाडी जिल्लाका प्राचीन सांस्कृतिक, ऐतिहासिक सम्पदा र धार्मिकस्थलको एक सातादेखि अध्ययन अवालेकन भ्रमण गरिरहेको छ । यसैक्रममा टोली नुवाकोट आइपुगेको हो । पत्रकारको प्रतिनिधिमण्डलको भ्रमणले प्रदेश नं ३ का पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।


नुवाकोट आइपुगेको टोलीले नेपालपत्रकार माहासं नुवाकोट शाखा तथा अध्यक्ष कपिल देब खनाल लगाएतको टिमले नुवाकोटको पर्यटकीय क्षेत्रको बिषयमा जानकारी गराएको थियो। पत्रकारको प्रतिनिधिमण्डलले पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा मोफसलमा बसेर पत्रकारीता गरिरहेका पत्रकारको बिषेस भुमिका रहने बताउदै पर्यटकीय गन्तब्यको खोजी गरि प्रचार प्रसार गर्न समेत आग्रह गरेको छ ।

सिन्धुलीको सिन्धुलीगढी, दोलखाको कालिञ्चोक, भीमेश्वर मन्दिर, जिरी, सिन्धुपाल्चोकको तातोपानी, बाह्रबिसे, नुवोकाटका विभिन्न धार्मिकस्थल, रसुवा, चितवनका पर्यटकीयस्थल लगायतका क्षेत्रको भ्रमण गरिने संयोजक ताराप्रसाद शिवाकोटीले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश नं ३ सरकारले काठमाडौँमा आज भ्रमण वर्ष २०२० को प्रचारप्रसारलाई सहयोग पु¥याउन म्याराथन दौड प्रतियोगिता समेत सम्पन्न गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्