१२ श्रावण २०८१, शनिबार
Logo

बौद्धिक अपांगता केन्द्रलाइ न्यानो कपडा हस्तान्तरण

बिदुर नगरपालीका वडा नं ५ मारहेको बौद्धिक अपांगता केन्द्रमा न्यानो कपडा बितरण गरिएको छ ।
बिदुर नगरपालीका वडा नं ५ मा बौद्धिक अपांगता केन्द्रको लागी सिरक तथा तकिया हस्तान्तरण गरेको बिदुर ४ का शान्ती प्रधानले जानकारी दिनु भएको छ । उहाले आफ्नो दिबंगत आमा बाबुको सम्झनामा उक्त बिद्यालयमा सामान हस्तान्तरण गरेको बताउनु भएको हो ।
केन्द्रमा हाल पच्चिस जना बौद्धिक अपांगता भएका बिद्यार्थीहरु छन् । यस बर्षको चिसो बढेसङगै समस्यामा परेका बिद्यार्थीलाइ यो सहयोगले ठुलो राहत मिलेको सस्थाका संरक्षक पुर्ण लाल श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्