१२ श्रावण २०८१, शनिबार
Logo

सडकहरु असुरक्षीत, दैनिक ७ जनाको सडक दुर्घटनामा मृत्य हुने गरेको तथ्यांक

नुवाकोटमा शुक्रबार सवारी दर्घटना न्युनिकरण सम्बन्धी अन्र्तकृया कार्यक्रम सम्पन्न भएको । उक्त अन्तक्र्रिया कार्यक्रममा नुवाकोटका सडकहरु सुरक्षित नभएको सरोकारवालाहरुले बताएका छन । भने सडक डिभिजन नुवाकोटले पनि नुवाकोटको सडक प्राविधिक रुपमा उपयुक्त नभएको बताएको छ ।

कार्यक्रममा जिल्ला समन्वयन समितीका प्रमुख सन्तमान तामाङले हाल सडकको अबस्था सवारी साधनको अबस्था हेर्दा सवारी साधन, सवारी चालक तथा यात्रु कोही पनि सुरक्षित नभएको बताएका छन् । मापदण्ड बिपरीतका सडक क्षमता भन्दा बढी यात्रुको चाप , मालबाहक सवारी साधनमा यात्रा गराउने तथा गर्ने कारण बाट नै सडक दुर्घटना भएको बताउदै यस्को लागी जन चेतना आबश्यक रहेको बताउनु भएको छ । । । प्रमुख तामाङले दुर्घटना न्युनिकरण गर्न १२ वटै स्थानिय तहका अध्यक्ष, उपाध्याक्ष , वडा अध्यक्षहरु, नुवाकोट प्रहरी, सरोकारवाला निकाय संग बसेर न्युनिकरणका उपायहरु अबलम्बन गर्ने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बिदुर नगरपालीकाका प्रमुख सन्जु पंडितले नुवाकोटका प्रहरी प्रमुख बिकल भट्टराइको सहकार्यमा नगर क्षेत्रमा टाफिक नियम बिपरीत सवारी साधन सञ्चालन गर्नेंहरुलाई केही हद सम्म नियन्त्रण गरिएको बताउनु भएको छ । उहाले यातायात ब्याबसाथीको हेपाहा प्रबृद्धिको कारण सवारी साधन ब्याबस्थीत गर्न नसकिएको बताउनु भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा नेता यम कुमार खातीले आफै पनि गैर जिम्मेवार भएको कारणले कतिपय दुर्घटना हुने गरेको बताउनु भएको छ । उहाले गंगटे देखी त्रिशुली सम्मको सडकको अबस्था सुरक्षित नभएको बताउदै समयमै सचेत रहनु समेत सम्बन्धीत पक्षलाई आग्रह गर्नु भएको छ । त्यस्तै कांगे्रश नेता राजु थापाले जनचेतना मुलक अन्र्तकृया यातायात ब्याबसाथी संग गर्न सके दुर्घटना न्यनिकरण गर्न मद्धत पुग्ने बताउनु भयो ।
नुवाकोटका डि. एस. पि. राजेश थापाले प्रस्तुत गर्नु भएको तथ्यांक अनुसार सडक दुर्घटना हरेक वर्ष बढ्दै गएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


५० प्रतिशत भन्दा बढी दुर्घटनामा १५ बर्ष देखी ४४ बर्ष उमेर समुह पर्ने गरेका छन् । जसमा १५ देखी २९ बर्ष उमेर समुहको बढी मृत्य हुने गरेको छ । दैनिक रुपमा ७ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ । भने १५ जना गम्भिर घाइते हुने गरेका छन् । दैनिक रुपमा करिब २८ जना सामान्य घाइते हुने गरेका छन् ।
नुवाकोटको तथ्याङ हेर्दा आर्थिक बर्ष ७४ ÷७५ मा २२ वटा दुर्घटनामा १४ जनाको मृत्यु ,१४ जना गम्भिर घाइते , र ५२ जना सामान्य घाइते भएका थिए । ७५ ÷७६मा २३ वटा दुर्घटनामा ४१ जनाको मृत्यु , २९ जना गम्भिर घाइते र ६ जना सामान्य घाइते भएका थिए , भने चालु आर्थिक बर्षमा ७ वटा दुर्घटना भएकोमा ३ जनाको मृत्यु ,७ जना गम्भिर घाइते र ९ जना सामान्य घाइते भएका छन् । डिएसपी थापाका अनुसार असुरक्षित सडक , तिब्रगती , पुरानो सवारी साधन , चालक तथा सहचालकको लापरबाही, चालकको मानसिक अबस्था, अस्वछ प्रतिष्पर्दा,पहिरो लगाएतका कारणले सडक दुर्घटना हुने गरेको छ।

आर्थिक वर्ष २०७४र ०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।
नेपालको सवारी दुर्घटनाको अबस्थालाई नियाल्ने हो भने , आर्थिक वर्ष २०७५ र ०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गतेसम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ ।


कार्यक्रमका सहभागीहरुले यातायात ब्यबसायी , यातायात मजदुर , नियम्बन गर्ने निकाय दोषी रहेको बताए । बनेका सडक पैदल यात्री मैत्रि नभएको , मालबाहक सवारी साधनमा यात्रा गराउने गरेको , ठुला सवारी साधनमा निगरानी नगर्ने समयमा सडक निर्माणका काम नगरिदिने, सवारी चाप नियन्त्रणमा नियम्बनकारी निकायको गैह्र जिम्मेवारी पन , सडकमा क्याट आई ,जेब्राक्रस लगाएत नहुनु नै दुर्घटनाको कारक बनेको सरोकारवालको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्