१२ श्रावण २०८१, शनिबार
Logo

सनराइज बैकको १२८ औ शाखा नुवाकोटको बट्टारमा

नुवाकोटको बिदुरमा सोमबार देखी सनराइज बैकले आफ्नो सेवा सुरु गरेको छ । नुवाकोटको बिदुरमा बैकले आफ्नो १२८ औ शाखा बिस्तार गरेको हो ।
हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइरहेको बैकले जनाएको छ ।


बैक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघिय सांसद नारायण प्रसाद खतिवडाले बैकले कृषहरुलाई लगानी नगर्ने परिपाटी रहेको भन्दै अबका दिनमा बैक तथा बित्तिय संस्थाहरुर्ला लगानी गर्न आग्रह गर्नु भएको छ । सांसद खतिवडाले कृषि उृत्पादनलाई जोड दिएर मुलुकको आयात प्रतिस्थापनमा जोड दिन आग्रह गर्नु भएको ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले स्थानिय स्तरमा खुलेका बैंकका साखाहरुमा स्थानियलाई रोजगारीको अबसर दिनु पर्ने आबश्याकता औल्याउनु भयो । उहाले विगतका दिनमा नुवाकोट भित्रिएका बंैकहरुले सामाजिक उत्तरदायित्व तथा स्थानियसरकाको बेवास्ता गर्दै मनोमानी गरिरहेको बताउनु भएको छ । अबका दिनमा पनि स्थानिय सरकार र स्थानिय स्तरमा लगानी नगर्ने बैकहरुको आबश्यकत नभएको समेत उल्लेख गर्नु भएको छ ।
प्रमुख पंडितले बैकहरुलाई संघियताको ज्ञान नभएको उल्लेख गर्दै यहाको पुँजी परिचालन गरेर करोडौं कमाएर लैजाने तर सामाजीक उत्तरदाहित्व र स्थानिय जनशक्तीलाई व्यवस्था गर्ने परिपार्टी रहेको भन्दै बैंकर प्रति आपत्ती जनाउनु भएको थियो ।


कार्यक्रमका सभाती तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले कृषि क्षेत्रलाईे प्राथमिकताका साथ अधि बढाउने बताउनु भयो
कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर नुवाकोट उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सरण उत्सुक सापकोटा, वडाअध्यक्ष टलकमान श्रेष्ठल, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गिता अमात्य, होटल तथा पर्यटन ३ नं प्रदेश अध्यक्ष सन्तोष उप्रेति नुवाकोट चेम्बरका अध्यक्ष कबिन्द्र मान प्रधान ,बिदुर खानेपानीका उपाध्यक्ष संजिव श्रेष्ठ , जिल्ला प्रहरी प्रमुख अबि नारायाण काफ्ले ,जिल्ला ट्राफिक प्रमुख बिकल भट्राई , ब्याबसायी लगाएतको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्