जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जनाको मृत्यु,अबस्था तनाब ग्रस्त

नुवाकोट जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । यती बेला जिल्ला त्रिशुली अस्पतालके अबस्था तनाब ग्रस्त छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं ८ भैरमकोटका ६८ वर्षिय खिल कुमारी रिजाल रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
दमको समस्या भएका बिरामी मंगलबार बिहान जिल्ला अस्पतालमा उपचारको लागी आउनु भएको हो । चेक जाँचको लागि घरबाट आईचरमा आएका बिरामीको मृत्यु भएपछि मृतका आफान्तहरुले अस्पताल परिसरमा नाराबाजी गरिरहेको छन् । अस्पताल स्रोतका अनुसार आफ्नो लापरबाही नभएको जनाएके छ ।
स्थीतिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरीएको छ भने स्थानिय ब्यक्ती , राजनितीक दलका प्रतिनिधी, पत्रकार ,मृतका आफन्नअस्पताल प्रशासनको छलफल भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्