१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

नेपाली कांग्रेसका नेता कांग्रेश परित्याग गरि नेकपामा प्रबेश

शुक्रबार बिदुर नगरपालीकाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेपाली कांग्रेश परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् । नेपाली कांग्रेसको परिपाटी राम्रो नभएको साथै नेपाली कांग्रेसमा आफ्नो राजनितिक भबिष्य र देशको उन्नती कुनै कुरा नपाएकाले बाध्य भएर पाटी परित्याग गरेको उहाहरुले बताउनु भएको छ ।

उहाहरुले नेकपा पविर्तनशिल पाटी भएको र आफुहरु पनि परिवर्तनको पक्षधर भएकाले आफुहरु सोही अनुरुप अगाडी बढ्ने समेत बताउनु भयो ।
नुवाकोट जिल्लामा रहेर सामाजिक क्षेत्रमा निकै क्रियाशिल उहाहरुले अबका दिनमा नेकपाको बिधी र सिद्धान्तमा रहेर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रबेश गर्नेहरुमा सहकारी कर्मी तथा युवा ब्यबसायी सुदिप श्रेष्ठ, नेता राजकुमार नगरकोटी र गोकर्ण रोक्का रहनु भएको छ ।
शुक्रबार पाटी प्रबेश गरेकाहरुलाई ३ नं. प्रदेश सचिवालय सदस्य तथा पुर्व सांसद राजेन्द्र प्रकाश लोहनी, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, सभासद् गोविन्द नेपाली, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल , नेकपाका नेता बुद्धी प्रधान लगाएतले अबिर तथा खादाले स्वागत गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्