७ माघ २०८१, सोमबार
Logo

समाज चेतन केन्द्र नुवाकोटको २० औ बार्षिक उत्सबमा ८१ जना जेष्ठ नागरिक सम्मानीत

समाज चेतन केन्द्र नुवाकोटको २० औ बार्षिक उत्सब तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम शुक्रबार बिदुरमा सम्पन्न भएको छ । संस्थाको २० औ बार्षिक उत्सबको अबसरमा बिदुर नगरपालीका भित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित ८१ जना जेष्ठ नागरिकलाई रामनामी ओडाएर तातो पानीको लागी थर्मश समेत हस्तान्तरण गरिएको समाज सचेतनका अध्यक्ष यम कुमार खाती क्षेत्रीले बताउनु भयो । समाजमा बर्षै देखी योगदान दिने जेष्ठ ब्यक्तीत्व समाजको इतीहास भएको भन्दै सम्मान स्वरुप र प्रोत्साहन गर्न सम्मान गरिएको खातीले जानकारी दिनु भयो ।


कार्यक्रममा नेता राजेन्द्र प्रकाश लोहनीले सम्पूर्ण जेष्ठ नागरिको लागी शिक्षा, स्वास्थ्य, औषधी उपचार लगायतका कुराहरुमा राज्य ठोस नितीका साथ अगाडी बढ्ने बिश्वास ब्यक्त गर्नु भयो ।
पूर्व सभासद राजेन्द्र प्रकाश लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संबिधान सभा सदस्य गोबिन्द नेपाली, बिदुर नगरपालीका वडा नं ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ , नेकपाका नेता पशुपती कोइराला , नेपाली कांग्रेसका नेता सुरेन्द्र अधिकारी ,सम्वाद समुह नुवाकोट ुरसुवाका कलष्टर संयोजक सन्तोष खनाल समाज सचेतन केन्द्रका उपाध्यक्ष सिता बोगटी लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्