१२ श्रावण २०८१, शनिबार
Logo

लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको चौथो दिन समुन्द्रटारमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बिहिबार नुवाकोटको दुप्चेश्वर गाउपालीका वडा नं ६ समुन्द्रटारमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको चौथो दिन गाउपालीकाका जनप्रतीनिधी, बिभिन्न महिला समुह, संघसस्थाका प्रतिनिधी, नागरिक समाजको सहभागितामा अन्तक्रियाकार्यक्रम सम्पन्न भएको हो ।

अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बदिनाथ गैरेले महिला मात्र नभएर पछिल्लो समय पुरुष तथा तेश्रो लिंगी पनि हिंसामा परेको बताउनु भयो । सहायक प्रमुख गैरेले १६ दिने अभियान हरुले सबै समुदायका ब्यक्तलीहरुलाई नछोएको बताउदै लक्षीत समुदायलाई चेतनाको मुल प्रवाहमा ल्याउन पहल हुनु पर्ने बताउनु भयो । उहाले हिंसा किन र कसरी भएको हो कारण पत्ता लगाई निराकरणको उपाय अपनाउनु पर्ने सबैमा आग्रह गर्नु भयो ।

अन्तक्रिया कार्यक्रममा प्रदेश सभा सदस्या बिन्दा ढुंगानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै ढुंगानाले स्थानिय तहमा महिलालाई जिम्मेवारी नदिने ,बजेड बिनियोजन नगर्ने जस्ता गुनासोको सम्बोधन गर्न पालीकालाई आग्रह गर्नु भएको थियो ।

त्यस्तै मन्तब्य राख्ने क्रममा नेकपाका प्रदेश सभा सदस्य सुभद्रा नेपालले लिंगको आधारमा गरिने हिंसा अन्त्य नभए सम्म देश संबृद्ध हुन नसक्ने बताउनु भयो

Shivapuri rural municipality awareness message jalapanews

त्यस्तै कार्यक्रममा गाउपालीकाका अध्यक्ष योबिन्द्र सिंह तामाङले महिलाको क्ष्ोत्रमा बजेट प्रसस्त रेहेको बताउनु भयो । अध्यक्ष तामाङले सबै क्षेत्रको रचनात्मक सुझाब र प्रतिक्रिया पाएमा थप कार्य सम्पादनमा पालीका सफल हुने बताउनु भयो ।

कार्यक्रममा दुप्चेश्वर गाउपालीका वडा नं ७ का वडा अध्यक्ष भेष बहादुर सिटौला,वडा नं ३ का अध्यक्ष धुर्वकर केसी, वडा नं ६ का अध्यक्ष किशोर आर्चाय, जिल्ला प्रहरि कार्यलयका बलराम श्रेष्ठ,मनोसामाजिक बहुसांस्कृतिक सस्थाका अधिबक्ता गरिमा पाण्डे लगाएतले आफ्नो धारण राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्