१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट पुस्तक तथा स्टेशनरी व्यवसायी माहासंघको १६औ वार्षिक साधरणसभा सम्पन्न

नुवाकोट पुस्तक तथा स्टेशनरी व्यवसायी माहासंघको १६औ वार्षिक साधरणसभा बुधबार बट्टारमा सम्पन्न भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नम्बर ३ का प्रथम उपाध्यक्ष तुलसिप्रसाद अधिकारीले शैक्षिक क्षेत्रमा भइरहेको अव्यवस्थित पाठ्यपुस्तक बिक्री प्रणालीलाई अन्त्य गर्नु पर्ने आबश्यकता रहेको बताउनु भयो । उहाले जिल्लामा रहेका सबै ब्याबसायिलाई एकैधारमा खडा गर्न सके मात्र व्यवसायकि सफलता हात पार्न सकिने बताउनु भयो ।

कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी माहासंघ नुवाकोटका अध्यक्ष मिनकुमार खतिवडाले पेश गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामचन्द्र धितालले पेश गरेको आर्थिक प्रतिवेदन साधारणसभाले सर्बसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघको द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती प्याप्सन नुवाकोटका प्रमुख सल्लाहाकार बुद्धि सागर रिजाल, पुर्व केन्द्रिय सदस्य राम कुमार ढकाल , प्रदेश नं ३ का सल्लाहाकार रोशन ठकुरी, पुस्तक ब्याबसायी धु्रुर्व ढकाल , अर्जुन कुमार सापकोटा, लगाएतले माहासंले सदस्याता बढाउनु पर्ने,संघ नाफामुखी बन्नुपर्ने ,पुस्तक स्टक राख्नु पर्ने,संगठनलाई मर्यादित बनाउनु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्