लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नुवाकोटमा बिभिन्न कार्यक्रम मनाइदै

नुवाकोटमा सोमबार देखी लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । सोम बार साझ बिदुरमा दिप प्रज्वलन गरि सुरु भएको अभियान मंगलबार बिहान चेतना मुलक र्यालीको आयोजना गरी मनाइएको आयोजकले जनाएको छ
र्यालीमा जिल्लामा रहेर महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्दै आएका बिभिन्न संघ संस्था तथा जनप्रनिधीहरुको उपस्थीती रहेको थियो । र्यालीमा सहभागीहरुले समानताको पुस्ता बलात्कार बिरुद्ध ऐक्यबद्धता ,महिला हिंसा अन्य गरौ , लैगिक समानता कायम गरौ , महिलाहरुको पहिचान, समानतार हिंसामुक्त जिवन बाच्न पाउन् , लैगिक मैत्रि संबिधान ,महिला हिंसाको निदान, लगाएतका नारा लगाउदै बट्टारको घण्टाघर बाट सुुरु भई हावाघर , परानो बजार, बट्टार बजार हुदै बिदुर लोकतान्त्रीक चौतारोमा कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्नु हुदै जिल्ला समन्वयन समितीका उपप्रमुख अप्सरा थापाले जन्मनु पहिला नै छोरी लाई बिभेद गरिने ,शिक्षामा बिभेद, स्वास्थ्य खानपान लगाएतका सबै पक्षमा बिभेद हुने गरेको बताउनु भयो । छोरी तथा महिला भएको कारण हुने सबै खालका बिभेद अन्य नभए सम्म देशको बिकाश हुन नसक्ने बताउनु भयो । उप प्रमुख थापाले हिंसा भएको सहेर नबस्न साथै भएको थाहा भए सबै मिलेर अन्त गर्न समेत आग्रह गर्नु भयो ।

कोण सभा कार्यक्रलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका सभापती तथा बिदुर नगरपालीकाका उप प्रमुख गिता दाहालले अबका दिनमा आफ्नो घर र समाज बाटै हिंसा नियन्त्रण गर्दै अगाडी बढ्न सके मात्र सम्बृद्ध नेपाल सुखि नेपालीको अबधारणले मुर्त रुप लिने बताउनु भयो । उहाले सबै तिरका हिंसा अन्यको लागी आआफ्नो स्थानबाट सबै लागेमा मात्र सम्भव हुने धारण राख्नु भयो ।
कोण सभा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख जिल्लाअधिकारी दा्रण पोखरेले समुदायका सबै पक्षलाई कानुनि ज्ञान जानकारी हुन आश्यक रहेको बताउनु भयो ।

अभियान बिदुर नगरपालीका महिला तथा वालवालीका शाखा ,महिला तथा वालबालिका संरक्षण जिल्ला संजाल नुवाकोट, अन्तरपाटी महिला संजाल, टिपिओ नेपाल , शक्ति समुह, सिडिसी नेपाल, बातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्र, मानव अधिकारका लागी एकल महिला,केसिडिसी, युनोप्स ,रुडेक नेपाल, त्रिशुली प्लस, रुम टुरिट नेपाल,साहायता सामाजिक संस्था,उद्योग वाणिज्य संघ, संकल्प नेपाल, मानव रक्षक संजाल , छोरी लगाएतका एक दर्जन संस्थाको आयोजनामा भएको कार्यक्रममा, जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समन्वय गरेका छन ।

प्रतिक्रिया दिनुहोस्