ने क पा कि उमेदवार बिद्या भट्टराई के राजनिती गर्नै नसक्ने ब्यक्तित्व हुन् त?
देबी काफ्ले- महिलालाई चाहिएको अवसर हो दया र भिख होइन।अबसर पाएमा महिलाले गर्न नसक्ने कुनै पनि काम छैन।तर हामीकहां अबसर दिनु भन्दा पनि महिलालाई हेयको दृष्टिले हेर्ने गरीन्छ।उनलाई सधैं निरीह प्राणी ठानिन्छ।पुरूष प्रधान हाम्रो समाज अनि आधुनिक भनिएका एक्काइसौं शताब्दीका हामी अझै पनि महिलाको क्षमता माथी शंका र अबिश्वास गरीरहेकै छौं।नेपाली राजनितीमा अहिले एउटा प्रबृति बसेको छ लोग्ने मरेपछी बल्ल उसको श्रीमतीलाई राजनितीमा खुलेर ल्याउने। ।लोग्ने हुंदासम्म राजनितीमा नेपथ्यबाट राजनैतिक खम्बा बनेर लोग्नेलाई सफल राजनितीज्ञ बनाएका हुन्छन् उनीहरू बाहिर खासै देखा नपरे पनि आफ्नो भूमिका निर्वाह गरेका हुन्छन्।यसलाई सकारात्मक दृष्टीले हेरियो भने उनीहरूलाई राजनितीमा ल्याउनु कुनै गलत कदम होइन।तर पुरूष वादी बिचारले ग्रस्त हामी त्यसलाई सहज रूपमा लिन किन हिच्किचाउंछौ?
अहिलेको सन्दर्भ पोखरातिरै लागौं।ने क पा कि उमेदवार बिद्या भट्टराई के राजनिती गर्नै नसक्ने ब्यक्तित्व हुन् त?उनले राष्ट्रको सेवा गर्न यो क्षेत्रमा आउन कस्तो अग्नी परिक्षा दिनु पर्ने हो?उनी आफैमा एउटी शिक्षित,देशको राजनैतिक परिवेश बुझेकी महिला हुन्।घरका सबै सदस्य एउटै क्षेत्रमा लाग्नु पर्छ भन्ने छैन।उनका पति राजनितीमा लागे उनी शिक्षण पेशामा लागिन्।लोग्ने स्वास्नी एक रथका दुइ पाङ्ग्रा हुन्।एउटाको सहयोग नभय अर्को पाङ्ग्रो लड्खडाउंछ।रविन्द्र अधिकारीलाई पनि बिद्याको सहयोगी पाङ्राको भूमिकाले सफल बनाएको होला।महिला माथि अनेक जिम्मेवारी हुन्छन्। बिशेषत पारिवारीक जिम्मेवारी।सबै जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्न सक्ने महिला ले राजनैतिक जिम्मेवारी पूरा गर्न सक्दिनन् अथवा महिला भयकै कारण उनी असफल हुन्छिन् भन्ने पुरूषवादी सोंचले ग्रस्त मानवहरू अहिले बजारमा छ्यापछ्याप्ती भेटिन थालेका छन्।
पुरातन रिती संस्कारले महिलालाई टाउको उठाउन नसक्ने गरी थिचेको छ।सारा पाप धर्मको ठेक्का लिएकाहरू पाप धर्मको भारी महिलाको थाप्लोमा बोकाएर आफूहरू छाडा सांढे बन्दैछन् आज पनि।धार्मिक परम्परा अनुसार लोग्ने मरेपछी स्वास्नीले सुहागका सबै चिन्हहरू त्यागेर सेतो बस्त्रमा तेह्रदिन कष्टकर दैनिकी गुजार्नु पर्छ।जुन लोग्नेको लागि स्वास्नीले बेरङ्ग हुन्छे त्यहि स्वास्नी मर्दा लोग्नेले घाट समेत जानु पर्दैन।बरू स्वास्नी मरेको दुईदिनबाटै आफ्ना महात्म्य शुरू गर्छौं अब बिहे गर्नु पर्छ घर यसरी चदैन।यीनै महात्म्य हामी महिलालाई दिन सक्दैनौं किन?किनकी बिधवाले बिवाह गर्नु त महापाप हो,चरीत्रहिनता हो पाप बोक्ने भरिया कहां पाउनु उसले बिहे गरी भने।
प्रसंग त्यहि हो हिजो म एउटा गाडीमा यात्रा गर्दै थिएं।दुईजना पाका बाहरू कुरा गरेको सुने ।लोग्नेको क्रिया नगर्ने यस्ता धर्मनासाले के को रक्षा गर्लान् यस्तालाई भोट किन दिनु?मलाई नबोली बस्नै मन लागेन र सोधें बा धर्मको ठेक्का महिलाको मात्रै हो र?लोग्नेको क्रिया नगर्ने स्वास्नी धर्मनासा हो भने स्वास्नी मर्दा घाट समेत नजाने कुनै रङ्ग फालेर बेरङ्ग हुनुनपर्ने पुरूषलाई पाप लाग्दैन?म एकोहोरो प्रश्न गर्दै गयं।ल बिद्याले त तीन दिन मात्रै क्रिया गरिछन् मलाई यस्तो पुरूष देखाईदिनु जसले स्वास्नी मर्दा एक दिन क्रिया गरेको होस्।किन पाप महिलालाई मात्र लाग्छ?पुरूषलाई किन लाग्दैन?किन स्वास्नीलाई रातो रङ्ग पहिरन बर्जित छ पुरूषलाई छैन?स्वास्नी मर्दा साथ लोग्ने एक्लो हुन्छ त्यसैले उसलाई जीवन सहज बनाउन अर्को बिहे गर्न छुट छ महिलालाई किन छैन?बा हरू नाजवाफ हुनुभयो।तर चुनावी मैदानमा उत्रेका अर्काथरी बेलाबेलामा महिला हकहितका बारेमा खोक्नेहरू कहिले नाजवाफ हुने हुन्?मलाई थाहा छैन।मैले ब्यक्तिगत रूपमा बिद्या र बिमलालाई चिन्दिन तर समग्रमा चिन्छु उनीहरू महिला हुन् र एउटा साहस बोकेर पुरूषको बराबरीमा जाने आंट गरेका छन्।
आज तिनै महिलालाई पछाडी पार्न बिपक्षीहरू अनेक हतकण्डा मच्चाउंदैछन जुन कुरा मलाई पचेन।कामका आधारमा बिरोध होस म मान्छु तर परम्परा र संस्कारले बोकाएको भारीलाई हतियार बनाएर उनीहरूलाई दोस्रो दर्जामा पुर्याउनु उनीहरूको अदम्य साहसलाई ब्रेक लाउन खौज्नु निन्दनिय लाग्यो।देशको उच्च स्थानमा आसिन भैसकेका सामाजिक ब्यक्तित्वले समेत उनका सेता सारीको खिल्ली उडाउंदा साह्रै नमज्जा लाग्यो।चुनावी सभामा सेतो सारी र बियोगका आंशुको अवमूल्यन गरेको देख्दा दया जाग्यो।महिला घरभित्रै बालबच्चा स्याहारेर बस भनेर सुझाव दिनेले एक पल्ट फनक्क पछाडी हेरोस् मृत्यु कसैको पेवा होइन मृत्युले तेरोमेरो भन्दैन।जसलाई जतिबेला पनि उठाउंछ भोली उनीहरूका परीवारमा पनि त्यहि अबस्था आउन सक्छ त्यो बेला बियोगका आंशु र सेतो फरीयाको महत्व या बाध्यता बुझ्ने छन्।लोग्नेको मृत्यु यी महिलाले चाहेर भयको त अबस्य होइन अनि किन निरीह बनाउने कोशिस गरिंदै छ?जुन पाप गरे भनेर आरोप लगाईएको छ तिन दिने क्रियाको लागि मैले हजार पल्ट सलाम ठोक्छु बिद्यालाई जुन परिवर्तन गर्न हजार साल लाग्यो उनी एक्लैयस्तो कठोर समाजको अगाडी हिम्मत गरिन्।
तिम्रो यो कदमलाइ पाइला पाइला नमन गर्छु बिद्या ।जुन समाजमा पापको भारी बोक्ने एक मात्र भरिया हामी महिला छौं त्यै समाजमा अलिकति भारी हलुका बनाउने कोशिस गर्यौ।तिम्रो यो अदम्य साहसलाई आजका सबै महिलाहरूले पछ्याइरहुन्। सेतो सारी कुनै नारीको रहर होइन यो त सामाजिक बन्धन हो ।आज एउटी महिलाले आफ्नो लोग्नेको बाटोमा उसको सहयात्री हुंदाहुंदै साथ छोडेको पुरूषको सपना साकार गर्ने प्रण गरेर अगाडी बढ्न खोज्दा त्यहि सामाजिक बन्धन रूपी सेतो फरियालाई हिनताका शब्दहरूले हिलाम्मे बनाउने प्रयत्न गरींदै छ बिद्या ,बिमला हिम्मत नहार।नारी शक्ति हो,नारी सृष्टि हो,नारी पृथ्वी हो,नारी सागर हो,नारी संसार हो,नारी ईश्वरीय देन हो,नारी लक्ष्मी हुन् नारी सरस्वती हुन्,नारी स्वयं माता काली हुन् त्यसैले तिम्रा पाइला पाइलामा तिम्रा खुनका बुंद बुंदमा संसार धान्ने साहस छ अनि कसैले सेतो फरीया र तिम्रा आंशुसंग ठट्टा गर्दैमा किन निरीह बन्छौ?नेपालको ईतिहांसमा कैयौं नारी शक्तिले राज गरेका छन्।रानी राजेन्द्र लक्ष्मीलाई भारदारहरूले गरेको चलखेल त इतिहासमा पढेकै छौ अबस्य।झांसीकि रानीको संघर्ष पढेकै छौ।
नालापानीको युद्धमा नारीहरू कसरी लडेर आफ्नो साहस देखाए ईतिहांस हेर।अनि आफूमा भयको नारी शक्तिलाई अझै शसक्त बनाऊ तिम्रो हार हुने छैन।नारी सदा दयाको पात्र हैन भन्ने देखाऊ ।बिपक्षीको त कामै बिरोध गर्नु हो भन्ने बिचार बोकेकालाई आंशु र सेतो फरीयाले जवाफ नदेऊ एउटी फौलादी ईच्छा र जोश जांगर भयकी देश मात्र हैन संसार हांक्न सक्ने महिला बनेर जवाफ देऊ।कसैलाई खसाल्न उसको वजन घटाउन हामी माहिर छौं ।त्यसको लागि कुनै वजह चांहिदैन।जस्तो सूकै आरोप पनि सहजै लगाइदीन्छौं।बिद्या देवरले झोला बोकेको सन्दर्भलाई जोड्न मन लाग्यो।हामी परिवर्तन चाहान्छौं तर संस्कार पनि त पूरै भूल्न सक्दैनौं।हामीले पाएको संस्कार परिवारलाई एकतामा बांध्नु हो ।जुन मुखले हामी सासुससुरालाई बाआमा मान्नु पर्छ भन्छौ त्यै मुखले देवर एउटा भाई,छोरो सरह हो उसले भाउजुको झोला समाइदिनु कुनै अपराध या पाप होइन भन्न सक्दैनौं।यस्ता झिनामसिना खोट खोतली खोतली कमजोर पार्न चाहनेहरूका अगाडी कदापि कमजोर नबन।तिमी रबिन्द्र पत्नी मात्र होइन अब एउटा समाज र राष्ट्रको जिम्मेवारी बोक्ने भरीया हौ।त्यसैले तिमी लाई सेतो फरीया र आंशुसंग यो भारी साट्ने अधिकार छैन अब।अब देखाउनु छ तिमीले कि नारी देश हांक्ने सारथी हो भनेर।नारी संसार बदल्ने शक्ति हो भनेर।
भोली चुनाव हार्ने जित्ने हुने नै छ ।हारेउ भने निराश हुंदै जिम्मेवारीबाट पन्छिन खोज्ने र जितेऊ भने बिलासी नहोईदेऊ।धेरैको आशाको दियो बनेकी छौ यसलाई निभ्न दियौ भने तिमीलाई जनजनको मनले मात्र एउटी निरीह प्राणी ठान्ने छ र अहिलेको माया घृणामा परिणत हुनेछ।जितेर गयौ भने आफ्नो सतह नबिर्सनु मेरो अनुरोध छ ।एउटा सक्षम,अब्बल,आंटिली र बिद्वान उमेदवार पाउने पोखरा सांच्चै पोखरा हुनेछ।हामी नारी जातीको गौरव हुनेछौ ।शुभकामना बिद्या र बिमलालाई।
प्रतिक्रिया दिनुहोस्