१२ श्रावण २०८१, शनिबार
Logo

चंदा आतंक मच्चाएको भन्दै लिखुबाट २ जना पक्राउ

चंदा आतंक मच्चाएको भन्दै नुवाकोट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ककनि गाउपालीका वडा नं १ का ६३ बर्षका कृष्णहरि घिमिरे र रामेछाप सुनपानी गाउपालीका वडा नं ३ का ३१ बर्षका रामदल श्रेष्ठ रहेको नुवाकोट प्रहरीले जनाएको ।

नेकपा बिप्लव समुहका कार्यकर्ताहरु चंदा उठाउदै हिडेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लिखु गा.पा. वडा नं. ३ स्थित ढिकुरे बजार र चौखुडा जोड्ने पुल नजिकबाट नियन्त्रणमा लिगेको नुवाकोट प्रहरीले जनाएको छ । उनिहरुको साथमा भएको ५७ हजार ९ सय १० रुपैया तथा ना २२ प ३००९ नं. को मोटरसाईकलप्रहरीले नियन्त्रणमा लिगेको छ ।

नुवाकोट जिल्ला अदालतबाट सार्वजनिक शान्ति ,हित विरुद्दको कसूर अन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्