१२ श्रावण २०८१, शनिबार
Logo

सिन्धुपाल्चोक बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १५ पुग्यो, पाँच जनाको सनाखत

दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सुकुटेमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

दुर्घटनामा तीन महिने शिशुसहित ज्यान गुमाउनेको संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको छ । सम्बन्धित समाचार

 दुर्घटनामा भीमेश्वर नगरपालिका-९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका ३ की ५१ वर्षीया रत्नकुमारी रावत, त्यसै ठाउँकी तीन महिने शिशु सिसम तामाङ, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी २७ वर्षीया चमेली श्रेष्ठ र उहाँकी ६ वर्षीया छोरी साइरामी श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ । 
घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्