नुवाकोट ग्लोरीले गर्यो एसईई सम्मान तथा खेल सप्ताह समापन समारोह

नुवाकोट ग्लोरी इ. सेकेन्डरि स्कुलले एसईई सम्मान तथा खेल सप्ताह समापन स्कुलका सस्थापक प्रीन्सिपल,समाजसेबी तथा शिक्षाप्रेमी पुरुशोत्तम अधिकारीको सभापतित्वमा समापन भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष सन्तवहादुर घले साथै बिशेष अतिथिको रुपमा गाउपालिका वडा न. ५ का अध्यक्ष भैरब ब अधिकारी र विभिन्न तह र तप्काका विशिष्ट बेक्तित्वहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा बिध्यार्थिहरुको देउसी भैलो र अन्य भिभिन्न सांस्कृतिक प्रस्तुती र एसईई उतिर्ण बिध्यार्थिहरुले आ-आफ्नो मन्तब्य राखेका थिय।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका बिशेष अतिथि भैरब ब अधिकारिले स्कुलले गरेको प्रगतीप्रती आभार प्रकट गर्दै बिध्यार्थिहरुको प्रस्तुतिले मन छोएको बताउनुभयो, सथै वडाबाट हुने सहयोगको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अथिती घलेले बिध्यार्थिहरु र शिक्षक शिक्षिकाहरुको अनुशासनको प्रशंसा गर्नुभयो भने स्कुललाई दुई महिना भित्र बायोमेट्रीक हाजिर प्रदान गराउने घोषणा गर्नुभयो साथै गाउपालिकामा हुने सम्पुर्ण अतिरिक्त कार्यक्रममा उपस्थिति गराउने र बिशेष गरि बिध्यालयको विभिन्न अतिरिक्त सामाग्री र बिज्ञान प्रयोगशालाको निम्ति गाउपालिकाले रु दुई लाख(२,००,०००) सहयोग गर्ने घोषणा गर्नुभयो।
त्यसैगरि कार्यक्रमका सभापति पुरुशोत्तम अधिकारीले गाउपालिकाको सहयोग घोषणालाई सम्मान गर्दै अझ उत्कृष्ट नतिजाको लागि कुनै कसुर नराख्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्