न्यु तुप्चे युवा क्लबको आयोजनामा सांस्कृतिक तथा नृत्य प्रतियोगीता हुने

न्यु तुप्चे युवा क्लबको आयोजनामा कार्तिक ९ गते पाँचौ बृहत सांस्कृतिक तथा नृत्य प्रतियोगीता २०७६ हुने भएको छ ।
कार्यक्रममा लोकगायक नवराज घोरासैनी, लोक गायिका पूजा पुरी, गायक शिव परियार, हास्यकलाकार सुवोध गौतम लगाएतको सहभागीता रहने क्लबका अध्यक्ष दिनेश बोगटीले जानकारी दिनु भयो । कार्यक्रममा जिल्लास्तरीय नृत्यु प्रतियोगिता हुने क्लवले जनाएको छ । कार्यक्रमको सहआयोजकमा आदर्श जनकल्याण युवा क्लव , जनजागृत युवा क्लव, स्टार साहँुगाँउ युवा क्लव रहेको साथै मिक्स एफ ्एम, जालपा न्युज डटकम मिडिया पाट्नर रहेको आयोजक संस्थाका निराजन बोगटीले जाकरी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्