१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

११ अध्यागमन अधिकृत सहित १३ बिरुद्द भ्रष्टाचार मुद्दा दायर अख्तियारको फन्दामा तारकेश्वर गाउपालीकाका बिजय सापकोटा पनि

असोज १४ गते नुवाकोटको तारकेश्वर गाउपालीकामा प्रशासकिय प्रमुखको रुपमा अध्यागमन कार्यलय काठमाडौबाट आएका बिजय सापकोटा बिरुद्घ भ्रष्टाचारको मुद्घा दायर भएको छ ।
मानव तस्करसगँ मिलीमतो गरी २ सय ४८ जनालाई घरेलु कामदाकारका रुपमा प्रस्थान अनुमती दिई अनियमीतता गरेको अभियोगमा ११ अध्यागमन अधिकृत सहित १३ जनाविरुद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालतमा भ्रष्टाचार मुद्घा दायर गरेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामन कार्यालयका ती कर्मचारीले बिचौलियासित मिलेर अनधिकृत रुपमा प्रतिव्यङ्खिाm १० हजार रुपियाँ लिई प्रस्थान अनुमति दिएको आयोगले दिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । मुद्घा दायर गरिएकामा अध्यागमन अधिकृतहरु १३ जना मध्ये नुवाकोट तारकेश्वर गाउपालीकाका प्रशासकिय अधिकृत बिजय सापकोटा पनि एक रहेका छन् ।
।अध्यागमन अधिकृतहरुको कल रेकर्ड एवं खुल्न आएका तथ्यमाथि अनुुसन्धान गर्दा अध्यागमन कार्यालयका कर्मचारीहरुबीच म्यासेज आदानप्रदान गरी २ सय ४८ जनालाई अनधिकृत रुपमा प्रस्थान अनूमती दिदाँ अनियमितता गरी मिलेमतो भए ÷ गरेको पाइएको समेत अख्यिारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्