माध्यमिक तह (कक्षा ९ र १०) मा गणित अध्यापन गर्ने शिक्षकहरुको लागी ५ दिने पुर्नताजकी तालिम सुरु

शैक्षिक तालिम केन्द्र नुवाकोटको आयोजना र शिक्षा तालिम केन्द्र धुलिखेलको समन्वयमा पाँच दिने गणित शिक्षक पुनर्ताजगी तालिम सुरु भएको छ । तालिम बिहीवारदेखि नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रमुख आतिथ्यतामा नुवाकोटको विदुरमा एक कार्यक्रमकाबीच सुरु भएको हो। कार्यक्रममा मेयर पण्डितले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएकोमा दु:ख प्रकट गरेका छन् ।

सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाले मौलिक भाषाको बेवास्ता गर्दै अङ्ग्रेजी भाषाको मोहमा डुबेर आफ्ना सन्तानलाई निजि विद्यालयमा पढाउने गरेकामा उनले आपत्ति प्रकट गरेका छन् । कार्यक्रमको विशेष अतिथिमा ३ नम्बर प्रदेशका शैक्षिक तालिम केन्द्र प्रमुख तोयानाथ खनाल रहेका थिए । प्रशिक्षार्थीको माध्यमिक गणित विषयमा प्रयोगात्मक परीक्षा आवश्यक रहेको प्रस्तावमा उनी सहमत भएका छन् । यस्तै, उनले अगामी दिनमा गणित विषयमा सुचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर विद्यार्थीकेन्द्रित शिक्षण गर्न शिक्षकहरूलाई अपिल गरेका छन् । पाँच दिनसम्म आयोजना हुने पुनर्ताजगी तालिमको सहजीकरण शैक्षिक तालिम केन्द्र नुवाकोटका प्रमुख हरिप्रसाद नेपालले सुरु गरेका छन् । तालिममा विदुर नगरपालिकाबाट ३ जना, बेलकोटगढी नगरपालिकाबाट २ जना, नुवाकोटको अन्य दस गाउँपालिकाबाट २/२ जना र रसुवा जिल्लाको पाँच गाउँपालिकाबाट १/१ जना गरि जम्मा ३१ जना गणित शिक्षकको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्