१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटका बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु,भिड नियन्त्रणको नाममा पिडितहरुलाई नै धरपकट गरेको आरोप

नुवाकोट , केरुङ यातायात प्रालिको बसले बुधबार बिहान एक बालकलाई ठक्कर दिदा बालकको ज्यान गएको छ ।

बट्टार बजारमा भएको उक्त दुर्घटनामा तारकेश्वर गाउँपालिका ५, गोस्र्याङ घर भएका ७ वर्षीय बालक युनिक तामाङको ज्यान गएको हो ।

केरुङ यातायात प्रालिको बा ४ ख ७५०४ नम्बरको बसले बालकलाई ठक्कर दिदा बालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।
बालकलाई किचेर भाग्न खोजेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । बसका चालक विदुर नगरपालिका ७, तुप्चेका राउत तामाङको स्थानीयको कुटपिटबाट सख्त घाइते भए पछि काठमाडौको ग्रिनसिटी हस्पीटलमा उपचार भैरहेको छ । बनाएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भिड तितरबितर पार्न प्रहरीले ७ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । त्यस्तै स्थानिय र प्रहरीको झडपमा परेर मृत्यक बालकका बाबु सख्त घाईते भएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

मृतकका आफन्तले प्रहरीले भिडलाई नियन्त्रण गर्ने बाहानामा दमन गरेको समेत बताएका छन् । मृतकका बाबु बाबु तामाङको जिउ भरी निल डाम रहेको छ ,भने ढाड कम्बर हात कर्दन लगाएतका स्थानमा चोट रहेको पिडितले जालपा न्युजलाई बताएका छन् । त्यस्तै प्रहरीले भिड नियन्त्रणको नाममा बसको सुरक्षालाई बिषेत ध्यान दिएकको र भिड नियन्त्रणको नाममा पिडितहरुलाई नै धरपकट गरेको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्