सार्वजनिक यातायातको साधनमा लुटतन्त्र , प्रशासन मौन
नुवाकोट बेल्कोटगढी नगरपालीका वडा नं ५ माझी गाउ निवासी साबित्री अधिकारीले काठमाडौ त्रिशुली गर्ने पासाङ्ग ल्हामुयातायातको डिलक्सलाई बट्टारबाट काठमाडौ सम्मको लागी रु ३०० भाडा तिरेर गएको गुनासो गरेकी छन् । टिकट काउन्टरमा टिकट सोध्दा गाडीको अभाब छ कुन गाडी आउछ था छैन भने काउन्टर अगाडी पासाङ्ग ल्हामुको डिलक्स आयो अगाडी नै भाडा ३०० माग्यो दिएर गाडी चढे उनी बताउछिन् ।
साबित्री अधिकारी त प्रतिनिधी पात्र मात्र हुन् उनी झै यो चाडबाडको समयमा यातायात ब्यबसायीहरु संग लुटिने धेरै छन् । चाडवाडको बेलामा लुट तन्त्र मच्याइरहेको छन् यातायात संचालक तथा चालक र सहचालकहरु , प्रशासन रमिता हेरी रहेको छ , भने जिल्ला ट्राफिक प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन ।
त्यस्तै माहाअस्टमीका दिन ढुंगेबाट रसुवाको माझगाउका लागी हिडेका यात्रुसंग केरुङ्ग ए सि डिलक्स बा ५ ख ८७८९ नंबरको बसले भाडा २०० रुपैया माग्यो, हामीले बेत्राबती प्रहरीलाई भन्यौ तपाई एक जनाले भनेर हुन्न सबै सवार यात्रुले भन्न पर्छ भन्यो,पछि कालीकास्थान प्रहरीले रुल सम्झाएर पठाउछौ भने तर गाडीमा ती यात्रुलाई प्रहरीसंग भनेकै कारण यात्राबाट बंचित गरियो । त्यस्तै देबिघाटबाट धार्के सम्म यात्रा गरेको रु ३०० मात्र भनेर यसरी फेसबुकमा स्टाटस पोष्ट भएको छ । तर प्रशासन भने मौन बसिरहेको छ ।
त्यस्तै अर्का यात्रु रामराजा तिमिल्सीनाले २ किलो मिटरको १०० रुपैया तिरेको यसरी गुनासो गरेकाछन् ।
प्रतिक्रिया दिनुहोस्